२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

धनुषाको महिनाथपुरबाट लागू औषधसहित दुई युवक पक्राउ

Logo
प्रकाशित शनिबार, भाद्र १८, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१८ भाद्र। धनुषाबाट प्रतिबन्धित लागु औषधसहित दुई युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका ४ बिनटोलका २१ वर्षीय राजकिशोर मुखिया र २२ वर्षीय शत्रुधन यादव रहेको जिल्ला प्रहरी कार्यलय धनुषाले जानकारी दिए।

ईलाका प्रहरी कार्यलय खजुरीका प्र.नि निरंजन घिमिरे र सशस्त्र प्रहरी बल बिओपि महिनाथपुरबाट सशस्त्र प्रहरी निरीक्षक गणेश दत्त पाण्डेको संयुक्त नेतृत्वमा खटिएको टोलीले विदेह नगरपालिका वडा नं.१ महिनाथपुरस्थित भारतबाट पैदल नेपालतर्फ आउँदै गरेका दुबैजनालाई शंकाको आधारमा चेकजाँच गर्दा DIALEX-DC -2 (दुई) बोतल र (NITRAZEPAM TABLETS IP (NITRAVAT-10) -20(बीस) पत्तामा ३०० वटा ट्याब्लेट बरामद भएको प्रहरीले बताए।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय धनुषाले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]