१८ पुष २०८२, शनिबार
03-01-2026 , Sat
×

सिरहामा जसपालाई ठूलो धक्का,दर्जनौं नेता लोसपा प्रवेश

Logo
प्रकाशित आइतबार, भाद्र १९, २०७९

न्यूजमधेश डेस्क
सिरहा,१९ भाद्र।सिरहामा जनता समाजवादी पार्टी नेपाल (जसपा)लाई ठूलो धक्का लागेको छ । जसपाका दर्जनौं नेता कार्यकर्ता पार्टी परित्याग गरी लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।

सिरहाको निर्वाचन क्षेत्र नं. ३ र ४ का सक्रिय नेता कार्यकर्ताहरु लोसपामा प्रवेश गरेका हुन् । आइतबार लोसपाको केन्द्रीय कार्यालयमा जसपाका प्रदेश सदस्य, जिल्ला सदस्य र नगर सदस्यसहित दर्जनौं नेता कार्यकर्ता पार्टी प्रवेश गरेका छन् ।

सिरहाका पवन कुमार भण्डारी, पचलाल महतो, सुबोध कुमार सिंह, रोहित महतो, संजीव कुमार यादव, देवेन्द्र कुमार महतो, कुलानन्द झा, कुशेश्वर प्रसाद महतो लगायतले जसपा परित्याग लोसपाको सदस्यता ग्रहण गरेका छन् ।

नवप्रवेशीहरुलाई लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेता डा.सुरेन्द्र झालगायतले पार्टीमा स्वागत गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]