२१ माघ २०८२, बुधबार
04-02-2026 , Wed
×

मानव बेचबिखन रोक्न आमजनतामा जनचेतना जगाउनु पर्छ : उपसचिव खत्री

Logo
प्रकाशित सोमबार, भाद्र २०, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,२० भाद्र।महिला बालबालिका,युवा तथा खेलकुद मन्त्रालय मधेश प्रदेशका उपसचिव देवकी खत्रीले मानव बेचबिखन रोक्न सबै मिलेर जनचेतना जगाउनु पर्ने बताएकी छ्न ।

‘हाम्रो आवाज चेलीबेटी बेचबिखनबाट मुक्त समाज र तिनैतहको सरकार मानव बेचबिखन विरुद्धको सरोकार’भन्ने मूल नाराका साथ मानव वेचविखन तथा ओसारपसार बिरुद्धका १६ औं राष्ट्रिय दिवसका अवसरमा माईती नेपाल धनुषाले जनकपुरको जानकी मन्दिरबाट विरुद्ध र्याली निकालिएको थिए।सो र्यालिमा ‘हाम्रो आवाज चेलीबेटी बेचबिखनबाट मुक्त समाज र तिनैतहको सरकार मानव बेचबिखन विरुद्धको सरोकार’ जस्ता नारा लगाउदै जनक चौक ,शिव चौक,भानु चौक हुँदै रेल्वे स्टेसनमा पुगेर कोणसभामा परिन्त गरेको थिए।

माइती नेपाल धनुषाका कार्यक्रम संयोजक पुरुशोतम यादवको अध्यक्षतामा भएको कोणसभामा उपसचिव खत्रीले यस्तो बताएकी हुन् ।

मधेश प्रदेशका आठै जिल्लाहरु भारतको सिमासंग जोडिएको भएर मानव बेचबिखनको मुख्य केन्द्र बिन्दु अहिले मधेश प्रदेशबाट भारतको विभिन्न स्थानमा रहेको यौन शोषण गर्ने केन्द्रहरुमा लग्ने सजिलो बाटो रहेको उपसचिव खत्रीले बताइन।उनले भन्नुभयो,’अरु प्रदेशको तुलनामा मधेश प्रदेशमा बढी मानव तस्करी तथा बालबालिका बेचबिखन हुनेबाट अछुतो रहेको छैन।’ मानव बेचबिखन तथा ओसारपसार मानव बिरोधी गम्भीर अपराध भएकोले सबै मिलेर जनचेतना जगाउनुपर्ने उनले बताइन ।

मानव बेचबिखन जुन कुरितीलाई हटाउनको लागि यो कार्यक्रम गरिएको माइती नेपाल धनुषाका कार्यक्रम संयोजक पुरुशोतम यादवले बताए।उनले भन्नुभयो, ‘मधेश प्रदेशको राजधानीसमेत रहेका जनकपुरसहित देशभरीका आमजनतामा जनचेतना फैलाउनु पर्ने आवश्यकता रहेको छ।’

जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साह,राष्ट्रिय मानव आयोग,मानव अधिकारको लागि महिला एकल समुह,लाईफ नेपाल ,आफन्त नेपाल ,ओरेक नेपाल ,महिला विकास सेवा केन्द्र ,स्पर्श नेपाल ,आसमान नेपाल ,सुरक्षाकर्मीसहित विभिन्न संघसंस्थाको प्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम सप्पन्न भएको माइती नेपाल धनुषाका कार्यक्रम संयोजक पुरुशोतम यादवले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]