२५ माघ २०८२, आइतबार
08-02-2026 , Sun
×

धनुषा -२ ‘क’ मा कांग्रेसले गर्‍यो राजेश्वर गोइतसहित ४ जनाको नाम सिफारिस

Logo
प्रकाशित बुधबार, भाद्र २२, २०७९

न्यूजमधेश डेस्क
कमला,२१ भाद्र।धनुषा निर्वाचन क्षेत्र नं.२ ‘क’ मा नेपाली कांग्रेस धनुषाले मंसिर ४ गते हुने आम निर्वाचनका लागि राजेश्वर गोइतसहित ४ जनाको उम्मेदवार सिफारिस गरिएको छ।

नेपाली कांग्रेस धनुषा जिल्ला सचीव कन्हैया कर्णका अनुसार प्रदेशसभामा प्रत्यक्षतर्फ क्षेत्र नम्बर-२ को (क) मा राजेश्वर गोइत, दिनेशकुमार यादव, धर्मनाथ यादव र रामउदगार यादवको नाम सिफारिस गरिएको छ।

त्यसैगरी,यसै क्षेत्रमा समानुपातिकतर्फ प्रेमचन्द्र झा, कूलदेव गोइत यादव, मनोहर ठाकुर, सुचितलाल मरिक, रामचन्द्र मण्डल, देवनारायण मण्डल, पुनम देवी, भारती कार्की, रेखा देवी महरान, रामसुन्दर महरा र अमृता चौधरीलगायत ११ जनाको नाम सिफारिस भएर आएको सचिव कर्णले बताउनुभयो ।

धनुषा निर्वाचन क्षेत्र–२ का लागि प्रतिनिधिसभातर्फ प्रत्यक्षमा केन्द्रीय सदस्य रामकृष्ण यादव र मुक्ताकुमारी यादवको नाम सिफारिस गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]