०८ बैशाख २०८३, बुधबार
22-04-2026 , Wed
×

नेपालकै दोस्रो लामो झोलुंगे पुल कमला नदीमा निर्माण सुरु

Logo
प्रकाशित बुधबार, भाद्र २२, २०७९

सुरेन्द्र कामती
सिरहा,२२ भाद्र।सिराहा र धनुषाको दक्षिणी क्षेत्रलाई जोड्ने कमला नदीमा नेपालकै दोस्रो लामो झुलुंगे पुल निर्माण सुरु भएको छ।

सिराहा नगरपालिका– १३ मल्हनियादेखि धनुषाको जनकनन्दनी गाउँपालिका– ६ कठाल जोड्ने गरी कमला नदीमा करिब एक हजार ५०१ मिटर (१५००.४४ मिटर) लम्बाइको झुलुंगे पुल निर्माण सुरु भएको हो।

सपना-उमा एन्ड कं.थानी जे.भी बतीसपुतलीले भ्याटबाहेक २१ करोड ५१ लाख १० हजार ७५३ रुपैयाँमा गत असार १२ मा निर्माण कार्यको सम्झौता सस्पेन्सन बृज डिभिजन ललितपुरसँग गरेको छ। २ वर्षभित्र (११ असार ०८१) भित्र निर्माण पूरा गर्ने गरी सम्झौता गरेको निर्माण कम्पनीले सिराहा नगरपालिका– १३ मा पर्ने कमला नदीमा पायल धसाउने कामको सुरुवात गरेको छ।

सस्पेन्सन बृज डिभिजन ललितपुरबाट खटिएका साइट इन्जिनियर उपेन्द्र देवकोटाले मंगलबार १५ मिटर जमिनमुनि पायल धसाउने काम भएको बताएका छन्। ‘हामीले पायल गर्ने काम सुरु गर्याैँ,’ इन्जिनियर देवकोटाले भने, ‘२१ मिटर पायल गर्नुपर्छ। १५ मिटरमुनि ग्राभेल र कोइलाजस्तो कालो आइरहेको छ।’- नयाँ पत्रीका

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]