१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

शिक्षकको कुटाइबाट विद्यार्थीको औंला भाँच्चियो

Logo
प्रकाशित बुधबार, भाद्र २२, २०७९

न्यूजमधेश डेस्क
दाङ,२२ भाद्र । जिल्लाको शान्तिनगर गाउँपालिका–३ स्थित वीपी कोइराला माध्यामिक विद्यालय पातेटाकुराका एक शिक्षकले विद्यार्थीलाई निर्घात कुटपिट गरी घाइते बनाएका छन् ।

विद्यालयका शिक्षक उदयराज भण्डारीले कक्षा ९ मा अध्यनरत १५ वर्षका छात्र सुशील बुढाथोकीलाई निर्घात कुटपिट गर्दा उनको दाहिने हातका‍े औ‌ला नै भाँचिएकाे छ । कुटपिटबाट शरीरमा निलडाम परेको र दुवै हात सुन्निएको छ।

शिक्षक भण्डारीले विद्यार्थीलाई कक्षा कोठाबाट बाहिर ल्याएर पाइपले प्रहार गर्दा छात्र बुढाथोकीको हातमा गहिराे चाेट लागेकाे हाे । चाेटका कारण हड्डी फुटेकाे छ। विद्यार्थीको दायाँ हात फ्याक्चर भएको अवस्था रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन कुमार गौतमले बताए ।

‘बाहिर ल्याएर गोरु चुटे जसरी पाइपको लठ्ठीले कुटेको देखेँ । अन्य सरहरुले यस्तो नगर्नुस सर भन्दा पनि मान्नुभएन । दया भएको मान्छेले यस्तो गर्नै सक्दैन ।’ एक शिक्षकले नाम नबताउने सर्तमा भने ।

यता आरोपी शिक्षक भण्डारीले कक्षा कोठामा विद्यार्थी आपसमा झगडा गरेपछि लाठीले हिर्काउँदा हातमा लागेर औला फ्याक्चर भएको प्रतिक्रिया दिएका छन् । ‘यो मिडियामा ल्याउने खालको छैन । सामान्य हो । आफैं औषधोपचार गर्न विद्यार्थीलाई ल्याएर हस्पिटल आएको छु’ उनका् भनाइ छ ।

घाइते छात्रा बुढाथोकीको फ्याक्चर भएको औंलाको अप्रेसनका लागि भोलि बिहीबार ७ बजेको समय तोकिएको बुझिएको छ । शिक्षकको कुटाइबाट घाइते बुढाथोकीलाई राप्ती प्रादेशिक अस्पतालबाट सिटी हस्पिटलमा लगिएको थियो ।

यता प्रहरीले पीडित बालकका अभिभावकले किटानी जाहेरी दिएमा मुद्दा चल्ने बताएको छ । प्रहरीमा जाहेरी नआएको तर जाहेरी आएमा शिक्षक भण्डारीलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाउने दाङ प्रहरीले बताएको छ ।

विद्यार्थी कुटपिट गर्ने ४१ वर्षका शिक्षक उदयराज भण्डारी तुलसीपुर–१२ क्वाङीका हुन् । उनले विगत दुई वर्षदेखि कक्षा ९ देखि १२ कक्षासम्म पढाउँदै आएको विद्यालय प्रशासनले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]