२८ पुष २०८२, मंगलबार
13-01-2026 , Tue
×

बैंकबाट निकालेको १ लाख ८० हजार लुटेर भागेका दुई जना पक्राउ

Logo
प्रकाशित बिहिबार, भाद्र २३, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,२३ भाद्र । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका ४ सपहीबाट एक जनाको १ लाख ८० हजार रुपैयाँ लुटेर भागेका दुई युवकलाई धनुषा प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

पक्राउ पर्नेमा लक्ष्मीनियाँ गाउँपालिका ६ निकालका २० वर्षीय भरोशी भन्ने नरेश यादव र वडा नम्वर ४ का २३ वर्षीय सरोज दास छन् ।

सपहीस्थित मेगा बैंकबाट रुपैयाँ निकालेर घर जाने क्रममा सोही ठाउँका ७५ वर्षीय राम दासको साथबाट बुधवार दिउँसो उनीहरु रुपैयाँ लुटेर भागेका थिए । पीडित दासले लगत्तै जिल्ला प्रहरी कार्यालयमा खबर गरेको थियो । त्यसपछि प्रहरीले खोजतलास गर्दै जाँदा लक्ष्मीनियाँ ४ बाटै उनी दुवै जनालाई पक्राउ गरेको बताइएको छ ।

धनुषाका प्रहरी प्रमुख एसपी बसन्त रजौरका अनुसार राम दास बैंकबाट रुपैयाँ निकाल्न गएदेखि नै उनीहरु पछ्याएका थिए । बैंकबाट रुपैया निकालेर घर पुग्ने क्रममा एकान्तमा गएलगत्तै उनीहरु रुपैयाँ लुटेर भागेको अनुसन्धानबाट खुलेको छ ।

लुटिएको रुपैयाँ र लुटपाट गर्न प्रयोग गरिएको ज. १२ प. ८५९३ नम्वरको पल्सर मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका यादवले आफ्नो घर अगाडी खाल्डो खनेर लुकाएको १ लाख ७५ हजार रुपैयाँ र दासको साथबाट १५ सय रुपैयाँ बरामद भएको एसपी रजौरले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]