१४ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

बैंकबाट निकालेको १ लाख ८० हजार लुटेर भागेका दुई जना पक्राउ

Logo
प्रकाशित बिहिबार, भाद्र २३, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,२३ भाद्र । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका ४ सपहीबाट एक जनाको १ लाख ८० हजार रुपैयाँ लुटेर भागेका दुई युवकलाई धनुषा प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

पक्राउ पर्नेमा लक्ष्मीनियाँ गाउँपालिका ६ निकालका २० वर्षीय भरोशी भन्ने नरेश यादव र वडा नम्वर ४ का २३ वर्षीय सरोज दास छन् ।

सपहीस्थित मेगा बैंकबाट रुपैयाँ निकालेर घर जाने क्रममा सोही ठाउँका ७५ वर्षीय राम दासको साथबाट बुधवार दिउँसो उनीहरु रुपैयाँ लुटेर भागेका थिए । पीडित दासले लगत्तै जिल्ला प्रहरी कार्यालयमा खबर गरेको थियो । त्यसपछि प्रहरीले खोजतलास गर्दै जाँदा लक्ष्मीनियाँ ४ बाटै उनी दुवै जनालाई पक्राउ गरेको बताइएको छ ।

धनुषाका प्रहरी प्रमुख एसपी बसन्त रजौरका अनुसार राम दास बैंकबाट रुपैयाँ निकाल्न गएदेखि नै उनीहरु पछ्याएका थिए । बैंकबाट रुपैया निकालेर घर पुग्ने क्रममा एकान्तमा गएलगत्तै उनीहरु रुपैयाँ लुटेर भागेको अनुसन्धानबाट खुलेको छ ।

लुटिएको रुपैयाँ र लुटपाट गर्न प्रयोग गरिएको ज. १२ प. ८५९३ नम्वरको पल्सर मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका यादवले आफ्नो घर अगाडी खाल्डो खनेर लुकाएको १ लाख ७५ हजार रुपैयाँ र दासको साथबाट १५ सय रुपैयाँ बरामद भएको एसपी रजौरले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]