१३ कार्तिक २०८२, बिहिबार
30-10-2025 , Thu
×

कमला युवा बजार व्यवस्थापन समिती गठन ,अध्यक्ष गुप्ता चयन

Logo
प्रकाशित शनिबार, भाद्र २५, २०७९

न्यूजमधेश डेस्क
कमला,२५ भाद्र।धनुषाको कमला नगरपालिका-४ सघारमा बजार व्यवस्थापन समिती गठन गरिएको छ।

शनिबार कमला नगरपालिका – ४ का वडाध्यक्ष दिपक गोहिबारको अध्यक्षतामा राधाकृष्ण मन्दिरको धर्मशालामा आयोजित एक कार्यक्रम बिच बिनोद गुप्ताको नेतृत्वमा ११ सदस्यीय कमला युवा बजार व्यवस्थापन समिती गठन गरेका हुन।

सो बजार व्यवस्थापन समितीको उपाध्यक्षमा प्रमेश्वर दास,सचीवमा सरोज कुमार यादव,सहसचिवमा मोहन साह तेलि र कोषाध्यक्षमा मुस्तफा राइन रहेको छ।

त्यसैगरी सदस्यमा राम प्रसाद चमार,गंगायी साह,प्रमोद साह,जय प्रकास यादव,रामदेव साहसहित ११ सदस्यीय बजार व्यवस्थापन समिती गठन भएको हो।

उक्त कार्यक्रममा रोशन यादव,रामनारायण यादव सल्हैता,पवन गोइत,धर्मेन्द्र कुमार मिश्र, इसाख राइन, राम जुनुम यादव र बिनोद महरालगाइतको स्थानीय बुद्धिजीवी ,व्यपारीहरुको उपस्थितमा सो समिती गठन भएको छ।

सोही समितीको सल्लाहकारमा नजिर राइन र किसन साहलाई चयन गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]