१२ आषाढ २०८२, शुक्रबार
27-06-2025 , Fri
×

नेकपा एमाले पार्टी मधेशीको पार्टी हो : अध्यक्ष ओली

Logo
प्रकाशित सोमबार, भाद्र २७, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,२७ भाद्र । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेकपा एमाले पार्टी मधेशीहरुको पार्टी रहेको बताएका छ्न।

सोमबार जनकपुरधाममा नेकपा एमाले धनुषाले आयोजना गरिएको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्रीसमेत रहेको अध्यक्ष ओलीले नेकपा एमाले पार्टी मधेशीहरुको पार्टी रहेको बताएका हुन।

उनले यहाँ बसेका दुई चार जना मात्रै टोपी लगाएको पहाडी रहेको बाँकी सबै त मधेशीनै हुन ।त्यही भएर नेकपा एमाले मधेशीहरुको पनि पार्टी रहेको उनले बताए।

उनले नेकपा एमाले मधेशी,पहाडी र हिमालीसहित मेची नदिदेखि महाकालीसम्मका जनताको पार्टी रहेको बताए।उनले भन्नुभयो,’एमालको नेतृत्वमा मात्रै देशका शिक्षा, स्वास्थ्य पूर्वाधार लगाएतको विकास हुनेछ।’ ओलीले आफूलाई कालो झण्डा देखाउँदा पक्राउ परेकालाई रिहा गर्न आग्रह गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले कालो झण्डा देखाएको आरोपमा पक्राउ परेका सबैलाई रिहा गर्न आग्रह गरेका हुन् ।

गलत सूचनाका आधारमा उनीहरु कालो झण्डा देखाएको भन्दै ओलीले उनीहरुलाई तत्काल रिहा गर्न प्रहरी प्रशासनलाई आग्रह गरेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]