१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

शहिदद्वारमा जसपाको झण्डा हटाएर नेपालको झण्डा फहराइयो

Logo
प्रकाशित मंगलबार, भाद्र २८, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,२८ भाद्र । जनकपुरधामको मधेसी शहिदद्वारमा राखिएको जनता समाजवादी पार्टी (जसपा)को झण्टा हटाएर नेपालको झण्डा फहराइएको छ । युवा संजाल धनुषाका अध्यक्ष कुलदिप साहको नेतृत्वमा नेपालको झण्डा फहराइएको हो ।

साहले शहिद कुनै पार्टीको नहुने भन्दै शहिद गेटबाट पार्टीको झण्डा हटाउन जसपासँग सोमबार सामाजिक संजालमार्फत अनुरोध गरेका थिए ।

तर जसपा नेता कार्यकर्ताले चासो नदिएपछि उनले आफैँ हटाएर नेपालको झण्डा राखेका छन् । अबदेखि कुनै पनि पार्टीको झण्डा शहिद गेटमा नराख्न उनले चेतावनीसमेत दिएका छन् ।

मधेस आन्दोलनका क्रममा ०७२ भदौ २५ मा जनकपुरमा प्रहरीको गोली लागेर नितु यादव, संजय चौधरी र दिलिप यादवको मृत्यू भएको थियो । उनीहरुकै सम्झनास्वरुप जनकपुरधाम उपमहानगरपालिकाले शहिद गेट निर्माण गराएको छ ।

जनकपुरधाम–ढल्केबर सडक खण्डमा निर्माण गरिएको उक्त शहिद गेटमा यही भदौ २५ गते जसपाले श्रद्धाञ्जली कार्यक्रम राखेको थियो । सो कार्यक्रममै जसपा अध्यक्ष उपेन्द्र यादवले गेटमा पार्टीको झण्डा राखेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]