१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

नेकपा एमालमा प्रवेश गर्दै लोसपाका सचेतक अरगरिया

Logo
प्रकाशित बिहिबार, भाद्र ३०, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,३० भाद्र। लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्य तथा सचेतक उमाशंकर अरगरिया एमाले प्रवेश गर्ने भएका छन्। आफू एमाले प्रवेश गर्न लागेको उनले पुष्टि गरे।

अरगरियालाई पार्टी प्रवेश गराउनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली यही असोज ८ गते अरगरियाको क्षेत्र धनुषा-२ जाने बताइएको छ।

२०७४ को निर्वाचनमा अरगरिया धनुषा-२ बाट तत्कालीन संघीय समाजवादी फोरमको उम्मेदवारको रुपमा जितेका थिए। त्यतिबेला उनले ३२ हजार ४४ मत पाएका थिए। उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका रामचन्द्र झाले भने १८ हजार ७१५ मत पाएका थिए।

संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकता भएर समाजवादी पार्टी गठन भएको थियो। सो पार्टीले राष्ट्रिय जनता पार्टीसँग एकता गरी जनता समाजवादी पार्टी गठन भएको थियो। जसपा विभाजनका बेलामा भने उनी उपेन्द्र यादव नेतृत्वको पार्टी नलागी महन्थ ठाकुर नेतृत्वको पार्टी लोसपातिर लागेका थिए।

अरगरियालाई लोसपाबाट पुनः धनुषा-२ बाटै उम्मेदवार बन्न एकल सिफारिसमा परेका थिए। तर, उनी भने एमाले प्रवेश गर्न लागेका हुन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]