२८ आषाढ २०८२, आइतबार
13-07-2025 , Sun
×

जय नेपाल हलको कम्पाउण्डमा टुकुचा भेटिएपछि…

Logo
प्रकाशित शुक्रबार, भाद्र ३१, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,३१ भाद्र। साउन १२ गते काठमाडौं महानगरपालिकाले टुकुचा खोला मिचेर बनाएका संरचना हटाउनु भन्दै सार्वजनिक सूचना जारी गरेको थियो। महानगरले उक्त सूचना जारी गरेको लामो समयसम्म पनि कसैले नहटाएपछि महानगर आफै खोजिमा जुटेको थियो।

महानगरले टुकुचा खोलाको नक्सा संकलन गर्दै मार्किङ सुरु गर्दा काठमाडौको जमलमै रहेको जय नेपाल सिनेमा हलले नै मिचेको देखेपछि बिहीबार डोजेर लिएर पुगेको थियो। काठमाडौ महानगरपालिका मेयर बालेन शाहले पछिल्लो समय अवैध संरचनाहरु हटाउने अभियानअन्तर्गत नै टुकुचा खोलाको खोजी सुरु भएको थियो। ३५ दिने सूचनाको म्याद सकिएपछि महानगरले गायब भएको र अतिक्रमण भएको क्षेत्रमा उत्खनन तथा खोजी कार्य सुरु गरेको थियो ।

नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला परपरका क्षेत्रमा नै हराएपछि महानगरले आन्तरिक मार्किङ गर्दै डोजरले खनेको थियो। जय नेपाल हलको कम्पाउण्डमा १५ फिट खन्ने बित्तिकै टुकुचाको खोला भेटिएको छ।

उक्त क्षेत्रमा खोला नै पुरेर अतिक्रमण गरेको पुष्टि भएसँगै महानगरले डोजर चलाउन सुरु गरेको छ। लामो समयदेखि स्थानीयबासीहरुले टुकुचा मिचेर संरचना बनाएकाले खोजी गरिदिन महानगरलाई आग्रह गरेको थियो। अब महानगरले यसको सम्पूर्ण क्षेत्र खोज्दै अवैधानिक रुपमा निर्माण भएका सबै संरचना भत्काउने तयारी थालेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]