२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

सप्तरीको तिलाठी कोईलाडीमा डेंगु रोग सम्बन्धि जनचेतना फैलाउदै

Logo
प्रकाशित शनिबार, आश्विन ०१, २०७९

न्यूजमधेश डेस्क
राजविराज ,१ असोज ।सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका अन्तर्गतका वडाहरुमा विभिन्न कार्यक्रम गरि डेंगु रोग सम्बन्धि जनचेतनामुलक कार्यक्रमकाे तिब्रता दिदै छन् ।

साेहि गाउँपालिकाका जनप्रतिनिधि र स्वास्थ्य शाखाका कर्मचारी बीच गत मंगलबार भएको बैठककाे निर्णय अनुसार साे कार्यक्रम आयाेजना गरेकाे हाे ।

गाउँपालिका भरि लाउडस्पिकरसहित वडा, विद्यालय र स्वास्थय संस्थामा ब्यानर झुन्डियाउनुकासाथै आर आर टि टिम परिचालन गरि जनचेतना सम्बन्धि कार्य गरिरहेकाे गाउँपालिकाका स्वास्थ्य निरिक्षक दिपक कुमार मण्डलले जानकारी दिए ।

साेहि अन्तर्गत बुधवार वडा नम्बर २ लाैनियाँमा, स्वास्थ्य चाैकी इन्चार्ज सञ्जय ठाकुरकाे नेतृत्वमा स्वास्थ्यकर्मी, जनप्रतिनिधि, महिला स्वयंसेवीका, स्वास्थ्य व्यवस्थापन समिति र स्थानीयहरु सहितकाे टाेलीले टाेलमा घर दैलाे गर्दै आफ्ना वरिपरी सरसफाई राख्न र पानी जम्न नदिन, लार्भा नष्ट गर्ने सहितका डेंगुबाट बच्ने उपायहरुबारे जनचेतनामूलक जानकारी दिइएको वडा अध्यक्ष कमल कुमार मण्डलले बताए ।

उच्च ज्वरो आउने, वाकवाकी लाग्ने, जोड्नी र मांसपेशीहरु दुख्ने, आँखाको गेडाहरु दुख्ने, टाउको दुख्ने, वान्ता आउने लगायतका डेंगु रोगका लक्षण भएको जनचेतनामूलक कार्यक्रममा स्वास्थ्यकर्मी युवनारायण मण्डलकाे भनाइ थियो ।

उनका अनुसार डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको बृद्धि रोक्नु आवश्यक छ । यसका लागि पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरूमा पानी जम्न दिनुपर्दैन् ।

एडिस जातिका (एजिप्टाइ र अल्बोपिक्टस) पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरोमध्ये एक डेंगु पनि हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री सेल्सियसको सेरोफेरोमा छ । प्रचण्ड रापसँगैको तातो हावाका बीच पनि यहाँ गृहिणी भने बर्खा यामका लागि ‘गुइँठा’ बनाउन व्यस्त छन् । मधेसमा खाना पकाउने इन्धनको जोहोमा ‘गुइँठा’ बनाउने व्यस्तता बढेको हो । बर्खामास खाना पकाउन यहाँका गृहिणी जेठसम्म ‘गुइँठा’ बनाउने काममा व्यस्त हुन्छन् । […]

काठमाडौं । पर्साको वीरगञ्जस्थित नबिल बैंकबाट रकम चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अनुसन्धान भइरहेकाले उनीहरूको विवरण प्रहरीले गोप्य राखेको बताइएको छ । चोरी प्रकरणमा अन्य व्यक्ति पनि पक्राउ पर्न बाँकी नै रहेकाले प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ । सोमबार […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । २९ वैशाखमा केन्द्रीय समितिको बैठक बोलाइएको छ । उपनिर्वाचनको समीक्षा, समसामयिक अवस्थाका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको रास्वपाले जनाएको छ । ‘समग्र परिस्थितिको मूल्याङ्कन, चुनावको विश्लेषण लगायतका विषयमा छलफल हुन्छ,’ रास्वपाका एक नेताले भने । शुक्रबार सचिवालयको बैठक बोलाएको छ भने २४ […]