२५ बैशाख २०८२, शुक्रबार
09-05-2025 , Fri
×

राष्ट्रपति भण्डारी र माधव नेपाललाई बालेनको प्रश्न– तीनकुनेको समस्या किन समाधान भएन?

Logo
प्रकाशित शनिबार, आश्विन ०१, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,१ असोज।काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले काठमाडौंको तीनकुनेको समस्या किन समाधान नभएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई प्रश्न गरेका छन्।

शनिबार साँझ सामाजिक सञ्जालमा एक सन्देश लेख्दै बालेनले ५० वर्षदेखिको तीनकुनेको जग्गाको समस्याका सन्दर्भमा आफैंले किन समाधान नगरेको भन्दै राष्ट्रपति र नेपाललाई प्रश्न गरेका हुन्।

‘आदरणीय माधव नेपालज्यु तथा सम्माननीय रास्ट्रपति ज्यु, प्रधानमन्त्री बन्नु भयो रास्ट्रपति बन्नु भयो। आफ्नै क्षेत्र तीनकुनेको ५० वर्षदेखिको समस्या आफैंले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नु भएन।

अब कुन मुख देखाएर जनतामाझ भोट माग्न जानु हुन्छ ? अझै दुई महिना छ, सरकार तपाईंकै हो। समस्या समाधान होस् भन्ने आशा राखेको छु,’ बालेनले सामाजिक सञ्जालमा भनेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]