०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

संविधान जारी भएपछि पहिलोपटक उपेन्द्र यादवले दिए शुभकामना

Logo
प्रकाशित सोमबार, आश्विन ०३, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,३ असोज। नेपालको संविधान २०७२ जारी भएयता पहिलोपटक जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले शुभकामना दिएका छन्।

अध्यक्ष यादवले संविधान दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत् शुभकामना दिएका हुन्। संविधान दिवसको शुभकामना दिँदै उनले हरेक नागरिले संविधानको सम्मान गर्नुपर्ने र देशप्रतिको कर्तव्यमा पछि पर्न नहुने बताएका छन्।

दोस्रो संविधानसभाबाट २०७२ असाज ३ गते संविधान जारी हुँदै गर्दा यादवसहितका मधेशी शक्क्तिहरु आन्दोलनमा थिए। ६ महिना लामो चलेको उक्त मधेश आन्दोलन बिनानिष्कर्ष सकिए पनि मधेशी नेताहरुले अहिलेसम्म संविधानप्रति आफनो असन्तुष्टि व्यक्त गर्दै आएका छन्। उनीहरु संविधान संशोधनमार्फत् भए पनि आफूहरुले उठाउँदै आएका मुद्दाहरु सम्बोधन हुनुपर्ने माग राख्दै आएका छन्।

सुरुका केही वर्ष त असोज ३ गतेलाई यादव र अन्य मधेश केन्द्रित दलले कालो दिवसका रुपमा मनाउँदै आएका थिए। महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले यो वर्ष पनि संविधान दिवसलाई विरोध गर्ने निर्णय गरेको छ। तर, जसपा अध्यक्ष यादवले भने संविधान दिवसको शुभकामना दिएका छन्।

यो संविधानको विरोधमा रहे पनि मधेशी पार्टीहरु यो संविधान अन्तर्गत भएको दुईवटा स्थानय तहको निर्वाचनमा भाग लिइसकेका छन्। यस्तै दोस्रो आम निर्वाचनमा भाग लिने तरखरमा छन्। संघदेखि प्रदेशसम्मको सरकारमा समेत यादव र ठाकुरको पार्टी सहभागी भइसकेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]