१२ आषाढ २०८२, शुक्रबार
27-06-2025 , Fri
×

सिट बाँडफाँटको सकस : फेरि गृहकार्यमा जुट्यो गठबन्धन

Logo
प्रकाशित मंगलबार, आश्विन ०४, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,४ असोज । प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फको सिट बाँडफाँटमा सकस खेपिरहेको सत्ता गठबन्धन मंगलबारदेखि पुनः छलफलमा जुटेको छ। तर, विगतझैं गठबन्धनमा आबद्ध दलका नेताहरुको आ–आफनै अडानले मंगलबार बसेको दुई चरणको बैठक पुनः निष्कर्षविहीन भएको छ।

नेताहरु थप गृहकार्यसहित बुधवार छलफलमा बस्ने भएका छन्। यसअघि पनि गठबन्धनले घण्टौसम्म दैनिकजसो यस्ता बैठकहरु गर्ने गरेका थिए। साउनदेखि छलफल गर्न थालेका नेताहरु असोज लाग्दा समेत सहमतिमा पुग्न सकेका छैनन्। यद्यपि, चाँडै सहमतिमा पुग्ने उनीहरुको दाबी छ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले गठबन्धन आवश्यक रहेकाले अबको केही दिनभित्रै गठबन्धनमा सिट बाँडफाँटका विषयमा सहमति जुट्ने बताए। कांग्रेसले १ सय ६५ सिटमध्ये सय सिटमा दाबी गरिरहेको छ भने माओवादीले ६० सिट, एकीकृत समाजवादीले ४० र जसपा नेपालले ३२ सिटमा दाबी गरेका छन्।

कांग्रेसले सहमतिका लागि लचक हुन सक्ने भन्दै ८५ सिटसम्म झर्न सक्ने संकेत गरेको छ। माओवादीले ४५ सिटसम्म मान्न सक्ने संकेत गरेपनि एकीकृत समाजवादी र जसपाले ३० सिटभन्दा तल झर्न नसक्ने अडान लिएका छन्। राष्टिय जनमोर्चाले सुरुदेखि नै २ सिटमा मात्र दाबी गरेकाले जनमोर्चालाई लिएर गठकबन्धनमा खासै समस्या देखिएको छैन।

कांग्रेसले एकीकृत समाजवादीलाई बढीमा १५ सिटसम्म दिन सक्ने र जसपालाई १२ सिटसम्म दिन सक्ने बताएको छ। त्यसमा पनि मधेश प्रदेशमा कांग्रेस र जसपा दुवैले ५०/० प्रतिशत दाबी गरेपछि सिट बाँडफाँडटथप पेचिलो बन्न पुगेको छ।

मधेश प्रदेशमा आफ्नो आधार क्षेत्र भएकाले जसपाले प्रतिनिधि सभा र प्रदेशसभा दुवैमा ५० प्रशित पाउनेपर्ने अडानमा छ। कांग्रेसले पनि मधेशमा आफनो पार्टीको अवस्था राम्रो भएकाले त्यहाँ ५० प्रतिशत भन्दा तल झर्न नसक्ने बताएको छ। कांग्रेसको मधेश प्रदेश समितिको बैठकले उक्त प्रदेशमा प्रतिनिधि सभा र प्रदेश सभा दुवैमा ६० प्रतिशत सिट नछाड्न केन्द्रीय नेतृत्वलाई आग्रह गरेको छ।

जसपा नेपालको तर्फबाट गठबन्धन कार्यदल सदस्य रहेका नेता रामसहाय यादवले सिट बाँडफाँटको बारेमा गठबन्धनको शीर्ष तहमा छलफल चलिरहेको बताए। उनले यस विषयमा चाँडै नै निष्कर्षमा पुगिने दावी गरे। ‘अहिले नै यो वा त्यो, यति वा त्यति म भन्दिनँ’, यादवले भने, ‘तर, चाँडै नै सम्मानजनक ढंगले सिट बाँडफाँट हुन्छ भन्नेमा म विश्वस्त छु।’

तर, जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले भने सिट बाँडफाँटमा अझै केही दिन लाग्न सक्ने बताइन्। सिट बाँडफाँटको काम आफैंमा अप्ठ्यारो काम भएको भन्दै पौडेलले कार्यदल र शीर्ष नेताहरुको तहमा छलफल चलिरहेको बताइन्।

निर्वाचन आयोगको कार्यतालिका अनुसार असोज २३ गते उम्मेदवार मनोनयन गराउनु पर्ने हुन्छ। २३ असोजको अन्तिम समयसीमामा रहेका गठबन्धनका नेताहरु कहिलेसम्म सिट बाँडफाँटके अन्तिम टुंगो लगाउन सकिरहेका छैनन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]