२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

डा सीके राउतलाई भव्य स्वागत

Logo
प्रकाशित मंगलबार, भाद्र ०३, २०७६

जनकपुरधाम।कतार भ्रमणबाट भर्केका जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतलाई आज जनकपुरमा भव्य स्वागत गरिएको छ ।

जनकपुर विमानस्थलमा भारी संख्यामा पुगेका जनमत पार्टीका नेता तथा समर्थकहरुले अध्यक्ष डा. राउतलाई भव्य स्वागत गरेको हो ।   १० दिने कतार भ्रमण सफल रहेकाले अध्यक्ष डा राउतलाई भव्य रुपले स्वागत गरिएको पार्टीका केन्द्रिय सदस्य इन्द्रजित यादवले जानकारी दिए ।

सयौंको संख्यामा मोटरसाइकलका साथ नेता तथा कार्यकर्ता जनकपुर विमानस्थलदेखि राउतको निवाससम्म स्वागत र्याली समेत निकालेका थिए ।

डा राउतले गैरआवासीय मधेशी संघ कतारद्धारा आयोजित मधेशी सांस्कृतिक कार्यक्रममा भाग लिन डा. राउत कतार गएका थिए ।भ्रमणका क्रममा उनले विभिन्न क्याम्पहरुको भ्रमण गरी त्यहाँ रहेका नेपाली कामदारहरुको अवस्था तथा समस्या समेत बुझेका छन् ।

डा. राउत रोजगारीको शिलशिलामा कतारमा रहेका नेपाली कामदारहरुको समस्या समाधानका लागि पहल तथा चाहिने समयोग गर्न नेपाली दूतावाससँग छलफलसमेत गरे । मधेशी कामदारहरुसँग मधेशको अवस्थाबारे समेत छलफल गरेका डा. राउतले स्वदेशमै रोजगारी सृजना गर्न आफ्नो पार्टीले कुनै कसर बाँकी नछाड्ने विश्वास दिलाए ।

दुई देशबीच सुमधुर सम्बन्ध स्थापित गर्न तथा आर्थिक, सांस्कृतिक, प्राविधिक सहकार्यका सम्भावनाहरूको बारेमासमेत छलफल गरिएको छ । भ्रमणका क्रममा डा. राउतलाई नेपाली दूतावाससहित अन्य मधेशी संघ संगठनहरुले भव्य स्वागत तथा अभिनन्दन गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]