०८ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

धादिङकाे गजुरी बजार तनावग्रस्त, एम्बुलेन्सलाई ‘स्कर्टिङ’ गरेर पास गराउँदै प्रहरी

Logo
प्रकाशित बिहिबार, आश्विन ०६, २०७९

न्यूजमधेश डेस्क
धादिङ ,६ असोज। धादिङको गजुरी गाउँपालिका वडा नम्बर १ मा आज बिहीवार बसको ठक्करबाट स्कुले विद्यार्थीको ज्यान गएपछि गजुरी बजार तनावग्रस्त बनेको छ ।

काठमाण्डाैबाट गोरखाका लागि छुटेको ग १ ख ४५६५ नम्बरको बसको ठक्करबाट स्थानीय ६ वर्षीय विजय परियारको ज्यान गएपछि स्थानीयवासीले गाडी ठप्प पारेर प्रदर्शन गर्दा गजुरी बजार तनावग्रस्त बनेको हो ।

गजुरीकै आदर्श माध्यमिक विद्यालयमा अध्ययनरत परियारलाई विद्यालय जाने क्रममा बसले ठक्कर दिएको हो । घटनापछि स्थानीयवासीले ठक्कर दिने बसमा आगजनी गरेका छन् । उनीहरूले सडक बन्द गरेर नाराबाजी गरिरहेका जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक राकेश सिंहले जानकारी दिनुभयो ।

अहिले पृथ्वी राजमार्ग हुँदै गुड्ने गाडी गजुरी आसपासमै रोकिएका छन् । सडक खुलाउन स्थानीयवासी र पीडितका आफन्तसँग छलफल भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा थप भिड बढ्न नदिन प्रहरीले काठमाण्डाैतर्फको गल्छी बजार र मुग्लिनतर्फको बेनीघाट क्षेत्रमा गाडी रोकको छ । अहिले सयौँ गाडी जाममा परेका छन् । एम्बुलेन्सलाई भने प्रहरीले ‘स्कर्टिङ’ गरेर पास गराइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]