१२ आषाढ २०८२, शुक्रबार
27-06-2025 , Fri
×

लोसपाका प्रमुख सचेतक अरगरिया एमाले प्रवेश

Logo
प्रकाशित शनिबार, आश्विन ०८, २०७९

न्यूजाधेश डेस्क
जनकपुरधाम ,८ असोज। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रमुख सचेतक तथा पूर्व मन्त्री उमाशंकर अरगरिया नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

नेकपा एमाले धनुषाले तिनकौरियामा आयोजना गरिएको जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले नेता अरगरियालाई पार्टीमा स्वागत गर्नुभएको हो ।

०७४ मा धनुषा क्षेत्र नम्बर २ बाट उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरमबाट अरगरिया निर्वाचित हुनुभएको थिए ‌।

जसपा विभाजन भएपछि लोकतान्त्रिक समाजवादी पार्टी ( लोसपा)मा गएको अरगरिया ओली नेतृत्वकै सरकारमा पर्यटन मन्त्री बनेका थिए ।

१४ हजार बढी मतान्तरले निर्वाचन जितेको अरगरिया आफ्नो क्षेत्रमा प्रभावशाली नेता मानिन्छन् । उनले आफ्नो क्षेत्रबाट लोसपाका अधिकांश नेता लिएर एमालेमा पुगेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]