०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

सत्ता गठबन्धन डुब्न लागेकाहरूको त्यान्द्रो : केपी ओली

Logo
प्रकाशित आइतबार, आश्विन ०९, २०७९

न्यूजमधेश डेस्क
झापा ,९ असोज। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन जनता प्रति अत्यन्त गैर जिम्मेवार भएको बताउनुभएको छ ।

नेकपा एमालेले झापाको दमकमा आइतबार आयोजना गरेको वृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनले विकासका योजना काटेर देश विकासको कामलाई अवरुद्ध गरेको बताउनुभयो । स्वास्थ्य बिमा कार्यक्रम अघोषित रूपमा गठबन्धनले खारेज गरेको उहाँले प्रष्ट पार्नुभयो ।

गठबन्धन राष्ट्र र राष्ट्रियताको सवालमा समेत कुनै सल्लाह नगरी अघि बढेको उहाँले बताउनुभयो । नागरिकताको विषयमा गठबन्धनले नै व्यवधान खडा गरेको ओलीको भनाइ छ । ‘अहंकारी गठबन्धन, दम्भको गठबन्धन’, ओलीले भन्नुभयो ।

गठबन्धनले नागरिकताको समस्या समाधान गर्न नचाहेको कारण नागरिकता संशोधन विधेयक गोलमटोल पारेर ल्याएको ओलीले टिप्पणी गर्नुभयो । नेपालमा जन्मिएकालाई वंशजको आधारमा नागरिकता दिने कुरा दुई लाइन लखेर ल्याऊ एमालेले तुरुन्तै पास गरिदिन्छ भन्दा गठबन्धनले नटेरेको उहाँले बताउनुभयो ।

एमाले सरकारमा पुग्ने बित्तिकै नागरिकताको समस्या र सुकुम्वासी समस्या समाधान गर्ने ओलीले बताउनुभयो । चार वर्ष भित्र नागरिकता र सुकुम्वासीको समस्या स्थायी रूपमा ग्यारेन्टीका साथ समाधान गर्ने ओलीले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

एमालेमा प्रवेशको लहर बढ्दै गएकोले गठबन्धनमा अँगालो मार्नेहरू झन् झन् अँगालो कस्दै गएका ओलीले बताउनुभयो । पाँच जना अँगालो कसेर बस्दै गर्दा तलबाट सबै खुस्कँदै गएको ओलीले टिप्पणी गर्नुभयो । ‘यो गठबन्धन डुब्न लागेकाहरूको त्यान्द्रो हो, कम से कम यो निर्वाचनमा केहीको राजनीति सिद्धिन्छ, कस कसको सिद्धिन्छ म अहिले भन्दिन, तिनीहरूले आफ्नो कर्मको फल यही जुनीमा भोग्दै छन्’, ओलीले भन्नुभयो ।

ओलीले मङ्सिर ४ मा हुने निर्वाचन पार्टीको पक्षमा पार्न केही बढी मेहनत गर्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । तत्कालको लागि केही दुःखै गरेर भए पनि चुनावमा खट्न उहाँले निर्देशन दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]