२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

बेटी पढाऊ – बेटी बचाऊ अभियान अन्तरगत महोत्तरीमा साइकल वितरण

Logo
प्रकाशित मंगलबार, भाद्र ०३, २०७६

संजय साह , जनकपुरधाम।प्रदेश २का मुख्यमन्त्री लालबाबु राउतले चलाएको बेटि पढाउ – बेटि बचाउ अभियान अन्तरगत मंगलवार महोत्तरीमा चारवटा विद्यालयका २ सय ७३ जना छात्राहरुलाई साईकल वितरण गरेको हो ।

वितरण गर्ने क्रममा श्री सरयुग मुनिलाल मा वि सरपल्लोमा ७५, श्री दुर्गा मावि मनरामा ४३, श्री सार्वजनिक राष्ट्रिय मावि गैटा भेटपुरमा ५१ र श्री महेन्द्र राष्ट्रिय मावि रामगोपालपुरमा १ सय ४ ओटा साईकल गरी कक्षा ८मा अध्यन्नरत्त छात्राहरुलाई वितरण गरिएको छ ।

साईकल वितरण कार्यक्रममा मुख्यमन्त्री राउतले यसै आर्थिक वर्षमा कम्तीमा ८ ओटा सार्वजनिक विद्यालयमा अध्यन्नरत्त दलित र मुस्लीमलाई महिनको ५ सय रुपैया दिने धोषना गर्नुभएको छ । उहाँले महिला र पुरुष विच रहेका भेदभाव अन्त्य भए मात्र मुलुक समृद्ध हुने बताए ।

मुख्यमन्त्री राउतले प्रदेशमा रहेको बेटीहरुको लागि यस्ता विभिन्न प्रकारका थप कार्यक्रमहरु ल्याउने प्रतिवद्धता जनाउनु भयो । त्यस्तै, कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डाक्टर सुरेन्द्र यादवले मधेशलाई अगाडी बडाउन महिला शिक्षामा जोड दिनुपर्ने बताउनु भयो । उहाँले महिलालाई सशक्तिकरण गर्नु पर्ने समेत बताए ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुन राजयमन्त्री सरोज सिंह कुशवाहाले मुख्यमन्त्रीद्वारा सञ्चालित बेटी पठाउ, बेटी बचाऊ अभियानको मुख्य उदेश्य समाजमा रहेको लैङ्किक विभेदलाई अन्त्य रहेको बताउनु भयो । उहाँले महिला शिक्षित नभए सम्म प्रदेश शिक्षित नहुने धारण राख्नु भयो ।

राज्यमन्त्री कुशवाहाले प्रदेशलाई विकसित गर्न हामी सबैलाई महिला शिक्षामा जोड दिनुपर्ने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]