१६ फाल्गुण २०८२, आइतबार
01-03-2026 , Sun
×

एमालेका सल्लाहकार गंगाराम यादवले गरे पार्टी त्याग

Logo
प्रकाशित सोमबार, आश्विन १०, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१० असोज।नेकपा एमालेका नेता गंगाराम यादवले पार्टी त्याग गरेका छन् । नेता यादवले आज पत्रकार सम्मेलन गर्दै आफूले नेकपा एमाले त्याग गरेको बताएका हुन् ।

यादव धनुषा क्षेत्र नम्बर २ मा एमालेबाट उम्मेदवारी दिने तयारीमा थिए । तर, नेकपा एमालेले सो क्षेत्रबाट चुनाव लड्न लोसपा प्रमुख सचेतक तथा पूर्वमन्त्री उमाशंकर अगरियालाई अघि सारेको छ । सोही कारण रुष्ट यादवले एमाले त्यागेको घोषणा गरेका हुन् ।

उनले आफूलाई पार्टीले मूल्यांकन नगरेका आरोप लगाएका छन् । एमालेले पुरानोलाई अवमूल्यन गरेर नयाँलाई मात्रै अवसर दिएको उनले आरोप लगाए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]