०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

बलान बिहुलमा जेष्ठ नागरिकलाई सम्मान

Logo
प्रकाशित शनिबार, आश्विन १५, २०७९

न्यूजमधेश डेस्क
सप्तरी, १५ असोज । सप्तरीको बलान बिहुल गाउँपालिकामा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ ।

अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा पालिका भित्रका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो ।सो अवसरमा जेष्ठ नागरिकहरुलाई खादा अबिर लगाएर सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा मजेलाल यादव, मुनिलाल यादव, निर्मल यादव, मुसहरु यादव, गुल्ट साह लगायतका रहेका छन्

उक्त अवसरमा नेपालीहरुको महान पर्व विजया दशमीको अवसरमा शुभकामना अदानप्रदान समेत गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले जेष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता घर-घरमा पुर्याउने घोषणा गरे । केहि समय भित्र पालिकामा एम्बुलेन्स संचालन हुने बताउदै अध्यक्ष यादवले जेष्ठ नागरिकलाई नि:शुल्क सेवा दिने स्पष्ट गरे । असहायहरुका लागी भारतीय राजदुतावासको सहयोगमा बृद्धा आश्रम बनाउन आफु प्रयासरत रहेको समेत बताए । जनताको सेवामा समर्पित रहेकोले जनताको कामकाजमा कहिकतै समस्या आए आफुलाई तुरुन्तै जानकारी गराउन उनले आग्रह गरे ।

बलान बिहुल गाउँपालिका वडा नं. १ को वडा अध्यक्ष राम कुमार यादवको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा बौद्धिक समाज जागरण मञ्च मल्हनिया गंगाराम यादव, पुर्व गाबिस अध्यक्ष छत्र नारायण यादव र पुर्व गाबिस उपाध्यक्ष बद्री नारायण यादवको उपस्थिति रहेको थियो ।

त्यसैगरि अतिथिको रुपमा वडा नं. २ को वडा अध्यक्ष इद्रदेव यादव, बौद्धिक समाज जागरण मञ्च मल्हनिया कोषाध्यक्ष दिगम्बर यादव, समाजसेवी गयाप्रसाद साह, जनमत पार्टीको बलान बिहुल संयोजक रामकुमार यादव, लोसपाको नेता दुखी यादव, समाजसेवी अछ्मितलाल चौधरी, रामनगर साना किसानका अध्यक्ष रामचन्द्र यादव, जनमत पार्टीका नेता ईन्द्र देव यादव लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम बौद्धिक समाज जागरण मञ्च मल्हनियाको आयोजना तथा बलान बिहुल गाउँपालिकाको सहयोगमा सम्पन्न भएको छ । कार्यक्रमको उदघोषण जिन्सी शाखा प्रमुख सन्तोष कुमार यादवले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]