१९ बैशाख २०८१, बुधबार
01-05-2024 , Wed
×

सिरहाबाट नक्कली नोटसहित एक भारतीय नागरिक पक्राउ

Logo
प्रकाशित मंगलबार, आश्विन १८, २०७९

न्यूजमधेश डेस्क
कमला,१८ असोज।मधेश प्रदेशको सिरहा जिल्लाबाट नक्कली नोटसहित एक भारतीय नागरिक पक्राउ परेको छ।नेपाली रुपैयाँ ३१ हजार बराबरको नक्कली नोटसहित प्रहरीले उनलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा भारतको विहार राज्यअन्तर्गत सितामढी जिल्लाको भासर मछहा ग्रामपञ्चायत–८ भन्सार चोक बस्ने २१ वर्षीय मोहम्मद रेजाउल्लाह छन्।

प्रहरीका अनुसार रेजाउल्लाहले गत शनिबार (असोज १५) गते दिउँसो सिरहाको नरहा गाउँपालिका–५ मा स्थानीय कृपाल यादवले सञ्चालन गरेको किशोरी ट्रेडर्स किसाना पसलमा १ बट्टा पाइलट चुरोट खरिद गरेका थिए। चुरोटको भुक्तानी गर्दा रेजाउल्लाहले दिएको १००० रुपैयाँको नोट शंकास्पद लागेपछि पसल सञ्चालक यादवले प्रहरीलाई जानकारी दिएका थिए।

यादवले दिएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय नरहाबाट खटिएको प्रहरी टोलीले रेजाउल्लाहलाई नियन्त्रणमा लिएको हो।प्रहरीले उनको साथबाट १ हजार दरका ३१ थान नक्कली नोटसहित चाँदीको सिक्री, चाँदीको औंठी, चाँदीको ब्रासलेट लगायत सामग्री बरामद गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ।महोत्तरीको मटिहानीमा गत बुधबार आगलागीमा परेर घरबार गुमाएका आगलागीपीडितलाई हाम्रो टिम नेपाल, १०० ग्रुप, नेपाली सेना र अन्य व्यक्तिको सहयोगमा दैनिक खाना खुवाइँदै आएको छ। मुस्लिम समुदाय र धानुक, साह, मलाहसहितका जातिको बसोवास रहेको जरलहवागाछी बस्तीमा भीषण आगलागी हुँदा करिब आठ सय व्यक्ति पीडित बनेका छन्। ‘बस्तीमा खाना पकाउने भाँडाहरूसमेत छैनन्, अन्नपात जलेर सबै […]

जनकपुरधाम । गल्फ सेवा समाज संस्थाले १०४ अग्निपिडित परिवारलाई खाद्यान्न सामग्री सहयोग गरेका छन् । मंगलबार महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलका गत बुधबार भएको आगलागीबाट पीडित भएका १ सय ४ जनालाई गल्फ सेवा समाजले १५ किलोको खाद्यान्न सामग्रीको प्याकेज वितरण गरेको हो। गल्फ सेवा समाज संस्थाका संस्थापक मो.जमशेद राईनले  अग्निपिडितहरुको लागि चामल ५ किलो,गहुँको पिठो […]

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले उपनिर्वाचनको परिणामपछि यही व्यवस्थाले २०८४ मा पनि नयाँ कुरा नहुने संकेत गरेको टिप्पणी गरेका छन् । इलाम २ मा जनमत पार्टीले ११८ मत (०.१७ प्रतिशत मत) र रास्वपाले ७.३ प्रतिशत मत ल्याएको उल्लेख गरेका छन् । डा.राउतले आफ्नो फेसबुकमा लेखेका छन्, ‘कम भए पनि, अपेक्षाभन्दा फरक चाहिँ […]