२५ बैशाख २०८२, शुक्रबार
09-05-2025 , Fri
×

दशैं विदामा सर्वोच्च अदालतमा एउटा मात्रै रिट

Logo
प्रकाशित मंगलबार, आश्विन १८, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,१८ असोज । दशैंविदाको सात दिनको अवधिमा सर्वोच्च अदालतमा एउटा मात्रै बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता भएर टुंगिएको छ ।

घटस्थापनादेखि नियमित कामकाज बन्द गर्ने सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको निवेदन मात्रै सुनुवाई गथ्र्यो । अघिल्ला वर्षहरुमा दैनिकजस्तो निवेदन दर्ता हुने गरेकोमा यसपटक भने एउटामात्रै निवेदन दर्ता भएर पर्सीपल्ट खारेज भएको हो ।

कोही व्यक्ति गैरकानूनी थुनामा परेमा उनलाई थुनामुक्त गर्न आदेशको माग राखी दिइने निवेदनलाई बन्दीप्रत्यक्षीकरणको निवेदन भनिन्छ ।

दशैंविदाको भोलिपल्ट जिल्ला प्रहरी परिसर टेकुमा थुनामा रहेका योगेन्द्र तामाङकी श्रीमती सुनाम तामाङले सर्वोच्च अदालतमा निवेदन दर्ता गराएकी थिइन् । उनको निवेदन दुई दिनपछि खारेज भएको हो ।

विदा शुरु भएयता तामाङकै मुद्दा सुनुवाईका लागि सर्वोच्च अदालतमा दुई पटक एकल इजलास बसेको थियो । त्यसयता कुनै निवेदन दर्ता भएको छैन भने इजलास समेत बसेको छैन । लगातार तीन दिनभन्दा बढी समय सर्वोच्च अदालत बन्द भएमा बन्दी प्रत्यक्षीकरणको निवेदन सुनुवाईका लागि संयन्त्र खडा गर्नुपर्ने नियम छ ।

हरेक वर्ष सर्वोच्च अदालतले दशैं विदाका लागि बन्दीप्रत्यक्षीकरणको निवेदन सुनुवाईका लागि आंशिक रुपमा प्रशासन खुला राख्छ भने हरेक दिन एकजना न्यायाधीशलाई पालो तोकेको हुन्छ । सर्वोच्च अदालत कोजाग्रत पूर्णिमाको भोलीपल्ट मात्रै नियमित रुपमा खुल्नेछ । आगामी २४ गते अदालत खुल्ने दिन कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायपालिकाको नेतृत्व सम्हाल्नेछन् । ६५ वर्षे उमेरहदका कारण कामू प्रधानन्यायाधीश रहेका बरिष्ठतम न्यायाधीश दिपककुमार कार्कीले दशैंविदाको विचमा अवकाश पाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]