१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

पूर्वराज्यमन्त्री सिंहद्वारा जसपा परित्याग

Logo
प्रकाशित बुधबार, आश्विन १९, २०७९

न्यूजमधेश डेस्क
जनकपुरशाम,१९ असोज। पूर्वराज्यमन्त्री शत्रुधन प्रसाद सिंह जनता समाजवादी पार्टी (जसपा) परित्याग गरेका छन् । सिरहाका सिंह जसपाका राजनीति समिति सदस्य थिए ।

उनले जसपा अध्यक्ष उपेन्द्र यादवलाई पत्र लेखेर जसपाको साधारण सदस्य समेत नरहनेगरी पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनी पहिलो संविधानसभा सदस्यमा तत्कालिन मधेसी जनअधिकार फोरमबाट सिरहा क्षेत्र नम्वर ४ मा जितेपछि पर्यटन राज्यमन्त्री बनेका थिए ।

०७४ को निर्वाचनमा अहिलेको सिरहा क्षेत्र नम्वर २ मा उपेन्द्र यादव नेतृत्वकै संघीय समाजवादी पार्टीबाट चुनाव लडे पनि बाम गठबन्धनका उम्मेदवार सुरेशचन्द्र दासबाट पराजित भएका थिए ।

आसन्न निर्वाचनमा सिरहा २ बाट उनलाई जसपाले उम्मेदवार सिफारिस गरेको थियो । तर सत्ता गठबन्धनको सिट बाँडफाँडमा सिरहा २ नेपाली काँग्रेसको भागमा पर्ने लगभग निश्चित भएपछि सिंह जसपा परित्याग गरेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]