१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

धनुषाका चारै सिटमा यसरी हुँदैछ एमाले–जसपा सहमति

Logo
प्रकाशित शुक्रबार, आश्विन २१, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं ,२१ असोज।धनुषामा नेकपा एमालेले प्रतिनिधि सभामा ३ सिट तथा जनता समाजवादी पार्टी (जसपा) नेपालले १ सिट पाउने सहमति गरेका छन् ।

बिहीवार एमाले नेता रघुवीर महासेठको निवासमा दुवै दलबीच भएको बैठकमा धनुषाका विषयमा सहमति भएको एमालेका एक नेताले जानकारी दिएका छन् ।

धनुषा–२, धनुषा–३ र धनुषा–४ एमालेले पाउने भएको छ भने धनुषा–१ जसपाले पाउने भएको हो ।

धनुषा–२ मा एमालेका उमाशंकर अरगरिया, धनुषा–३ मा एमालेकी जुली महतो र धनुषा–४ मा एमालेका रघुवीर महासेठले पाउनेछन् । त्यसैगरी धनुषा–१ मा जसपाका दीपक कार्कीले टिकट पाउने भएका छन् ।

प्रदेश सभामा रहेको कूल ८ सिटमध्ये ४ सिट एमाले र ४ सिट जसपाले पाउने सहमति भएको छ । प्रदेश सभामा एमालेले धनुषा–१(१), धनुषा–१(२), धनुषा–३(२), धनुषा ४(२) पाउने भएको छ ।

जसपाले धनुषा–२(१), धनुषा–२(२), धनुषा–३(१) र धनुषा–४(१) पाउने भएको छ ।

एमाले परित्याग गरी जसपा प्रवेश गरेका गंगाराम यादवले प्रतिनिधिसभाको टिकट नपाउने भएका छन् ।- लोकान्तर

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]