२७ बैशाख २०८२, आइतबार
11-05-2025 , Sun
×

हरिवंशले चुनावमा प्रचार प्रसारको आशा नगर्न गरे आग्रह

Logo
प्रकाशित मंगलबार, आश्विन २५, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं ,२५ असोज। वरिष्ठ कलाकार हरिवंश आचार्यले चुनावमा कुनै पनि पार्टीका लागि आफूहरूबाट प्रचार प्रसारको लागि आशा नगर्न आग्रह गरेका छन्। मंगलबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले आग्रह गरेका हुन्।

उक्त स्टाटसमा आफूहरू सबै राजनीतिक र उमेदवारका साझा मानिस भएकाले आफूहरूलाई कसैले पनि एउटा निश्चित पार्टीको लागि प्रचारको आशा नगर्न र आफूहरूसँगको मित्रता, आत्मियता, नातालाई पवित्र राख्न उनले आग्रह गरेका छन्।

उनले लेखेका छन्, ‘कतिले बिर्सन नसकिने गुन लगाएका हुन्छन्। कतिसँग गहिरो मित्रता हुन्छ। कतिसँग नाता गाँसिएको हुन्छ। देशमा जब निर्वाचन नजिकिन्छ त्यस बखत ति मित्रता, ति नाता र आत्मिय सम्बन्ध गाँसिएका व्यक्तिहरु निर्वाचनमा उम्मेदवार बन्छन्।

त्यसबखत ​मलाई चुनावमा मद्दत गरिदेला, मेरो पक्षमा भोट मागी देला भनेर हामीसँग केही आशा राख्नु स्वभाबिक हो। तर हामी सबै राजनितिक दल ,सबै उमेदवारका साझा मानिस हौँ। ब्यालेटबक्समा खसाल्ने मतपत्र को कुन चिन्न रोज्ने भन्ने कुरा स्वविवेक हो।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]