११ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

हरिवंशले चुनावमा प्रचार प्रसारको आशा नगर्न गरे आग्रह

Logo
प्रकाशित मंगलबार, आश्विन २५, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं ,२५ असोज। वरिष्ठ कलाकार हरिवंश आचार्यले चुनावमा कुनै पनि पार्टीका लागि आफूहरूबाट प्रचार प्रसारको लागि आशा नगर्न आग्रह गरेका छन्। मंगलबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले आग्रह गरेका हुन्।

उक्त स्टाटसमा आफूहरू सबै राजनीतिक र उमेदवारका साझा मानिस भएकाले आफूहरूलाई कसैले पनि एउटा निश्चित पार्टीको लागि प्रचारको आशा नगर्न र आफूहरूसँगको मित्रता, आत्मियता, नातालाई पवित्र राख्न उनले आग्रह गरेका छन्।

उनले लेखेका छन्, ‘कतिले बिर्सन नसकिने गुन लगाएका हुन्छन्। कतिसँग गहिरो मित्रता हुन्छ। कतिसँग नाता गाँसिएको हुन्छ। देशमा जब निर्वाचन नजिकिन्छ त्यस बखत ति मित्रता, ति नाता र आत्मिय सम्बन्ध गाँसिएका व्यक्तिहरु निर्वाचनमा उम्मेदवार बन्छन्।

त्यसबखत ​मलाई चुनावमा मद्दत गरिदेला, मेरो पक्षमा भोट मागी देला भनेर हामीसँग केही आशा राख्नु स्वभाबिक हो। तर हामी सबै राजनितिक दल ,सबै उमेदवारका साझा मानिस हौँ। ब्यालेटबक्समा खसाल्ने मतपत्र को कुन चिन्न रोज्ने भन्ने कुरा स्वविवेक हो।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]