१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

जनमत पार्टीका उम्मेदवारलाई सहयोग नगर्नेमाथी कारबाही हुने : डा.सीके राउत

Logo
प्रकाशित बिहिबार, आश्विन २७, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,२७ असोज।मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा जनमत पार्टीका उम्मेदवारलाई सहयोग नगरी अरु उम्मेदवारहरुलाई सघाउनेहरुमाथी कडा निगरानी र कारबाही हुने जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले बताए।

अध्यक्ष डा.राउतले आज एक प्रसे विज्ञप्ति निकाल्दै उनले जनमत पार्टीका उम्मेदबारलाई सहयोग नगरी अरू उम्मेदबारहरूलाई सघाउनेहरूमाथि कडा निगरानी र कारबाही हुने जानकारी दिएको छ।

जनमत पार्टीले ऐतिहासिक रूपमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा भाग लिइराखेको छ। समग्र पार्टीका लाखौं कार्यकर्ताहरूको मात्रै होइन, देश-विदेशमा रहेका करौड़ौं जनताको आशा र सपना बोक्दै जनमत पार्टी सशक्त तरीकाले देशभरि नै आफ्ना उम्मेदबारहरू उठाएको अध्यक्ष डा.राउतले विज्ञप्तिमा लेखिएको छ।

जनमत पार्टीका उम्मेदबारहरूलाई हरेक ढंगले सहयोग गरी सक्रिय रूपमा दिनरात खटेर जिताउनु आज जनमत पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूको जिम्मेबारी बनेको उनले बताए।

उनले तैपनि पार्टीको नीति र निर्देशन विरूद्ध गई कसैले पद वा जिम्मेबारीमा बसेर निष्क्रिय भइदिएमा, यस्तो महत्त्वपूर्ण‍ घड़ीमा काम गर्नुभन्दा अनावश्यक बखेडा र झैंझगड़ा निकालेमा, दुष्प्रचार गरेमा, आफ्नो पार्टीका उम्मेदबारहरूलाई सहयोग नगरी अरू उम्मेदबारहरूको प्रचारप्रसार गरेमा वा अरू उम्मेदबारहरूलाई सघाउने काम गरेमा त्यस्ता सदस्यहरूमाथि साधारण सदस्यता समेत खारिज हुने गरी कडा कारबाही गरिने भनेको छ।

अध्यक्ष .राउतले यस्ता गतिविधिहरूमा कडा निगरानी गर्न र केन्द्रीय सचिवालयलाई सूचना उपलब्ध गराउन केन्द्रिय समितिदेखि बूथ समितिका सबै पदाधिकारीहरू तथा समस्त नेता कार्यकर्ताहरूमा अनुरोधसमेत गरेका हुन।

यस ऐतिहासिक र संवेदनशील घडीमा हामी सबैसँग सहयोगको अपेक्षा राखेको भन्दै अध्यक्ष डा.राउतले जनमत पार्टीको जीत नै हाम्रो जीत भएको हुनाले सो जीत सुनिश्चित् गर्न आ-आफ्नो निर्वाचन क्षेत्रमा कुनै बहाना ननिकाली सम्पूर्ण शक्ति लगाएर काम गर्नुहुन हामी सबै नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूसँग हार्दिक अनुरोध गरेका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]