०१ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

अन्य पार्टीका उम्मेदवारलाई सहयोग गर्नेको सदस्यता खारेज गर्ने सीके राउतको चेतावनी

Logo
प्रकाशित बिहिबार, आश्विन २७, २०७९

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले अन्य पार्टीका उम्मेदवारलाई सहयोग गर्ने आफ्ना नेता कार्यकर्ताको सदस्यता नै खारेज गर्ने चेतावनी दिएका छन् ।

अध्यक्ष डा. राउतले आज विज्ञप्ती जारी गरेर आफ्नो पार्टीका उम्मेदवारलाई सहयोग नगरी अरू उम्मेदबारहरूलाई सघाउनेहरूमाथि कारबाही हुने चेतावनी दिएका हुन् ।

जनमत पार्टीका उम्मेदबारहरूलाई हरेक ढंगले सहयोग गरी सक्रिय रूपमा दिनरात खटेर जिताउनु आज जनमत पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूको जिम्मेवारी बनेको डा। राउतले विज्ञप्तीमा उल्लेख गरेका छन् ।

विज्ञप्तीमा भनिएको छ, ‘पार्टीको नीति र निर्देशन विरूद्ध गई कसैले पद वा जिम्मेवारीमा बसेर निष्क्रिय भइदिएमा यस्तो महत्त्वपूर्ण घडीमा काम गर्नुभन्दा अनावश्यक बखेडा र झैँझगड़ा निकालेमा, दुष्प्रचार गरेमा, आफ्नो पार्टीका उम्मेदवारहरूलाई सहयोग नगरी अरू उम्मेदवारहरूको प्रचारप्रसार गरेमा वा अरू उम्मेदवारहरूलाई सघाउने काम गरेमा त्यस्ता सदस्यहरूमाथि साधारण सदस्यता समेत खारिज हुने गरी कडा कारवाही गरिनेछ ।’

पार्टी उम्मेदवारका विरुद्धको गतिविधिहरूमा कडा निगरानी गर्न र केन्द्रीय सचिवालयलाई सूचना उपलब्ध गराउन केन्द्रिय समितिदेखि बूथ समितिका सबै पदाधिकारीहरू तथा नेता कार्यकर्ताहरूमा डा. राउतले अनुरोध समेत गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]