०६ फाल्गुण २०८२, बिहिबार
19-02-2026 , Thu
×

महीन्द्र यादवलाई सघाउने सत्ता गठबन्धनको निर्णयप्रति लोसपाको विरोध

Logo
प्रकाशित बिहिबार, आश्विन २७, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं ,२७ असोज। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सर्लाही २ मा नेपाल समाजवादी पार्टीका उम्मेदवार महीन्द्र राय यादवलाई सघाउने सत्ता गठबन्धनको निर्णयप्रति आपत्ति जनाएको छ।

सत्ता गठबन्धनका चार घटकले केही उम्मेदवारको प्रष्टीकरण गर्ने उद्देश्यले बुधबार जारी गरेको विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको लोसपाले जनाएको छ। सत्ता गठबन्धनको उक्त विज्ञप्ति कांग्रेस सभापति शेरबहादुर देउवासँग २२ असोजमा भएको सहमतिविपरीत रहेको लोसपाको ठहर छ ।

बुधबार कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल र राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले विज्ञप्ति जारी गर्दै सर्लाही २ मा गठबन्धनका महीन्द्र राय यादव साझा उम्मेदवार रहेका जनाएका थिए । यादव माओवादीको हँसिया हथौडा चुनाव चिन्ह लिएर उठेका छन् । सोही कारण प्रचण्डको दबाबमा बुधबार सत्ता गठबन्धनले विज्ञप्ति निकालेको स्रोतले बतायो ।

लोसपाले सर्लाही २ मा मित्रवत प्रतिष्पर्धा गर्ने, सर्लाही २ (क) मा कांग्रेसको उम्मेदवार हुने तथा सर्लाही २ (ख), सर्लाही १ (क), महोत्तरी १ (क) र महोत्तरी २ (क) मा लोसपाको उम्मेदवार हुने सहमति भएको प्रस्ट पारेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]