२५ बैशाख २०८२, शुक्रबार
09-05-2025 , Fri
×

ईन्जिनियर साह र युवा चिकित्सक झाको उम्मेदवारीले क्षेत्रवासी खुशी

Logo
प्रकाशित शुक्रबार, आश्विन २८, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम, २८ असोज । धनुषा निर्वाचन क्षेत्र नं.३ का जनतालाई सेवा गर्नको लागि ईन्जिनियर शम्भुनाथ साह र युवा चिकित्सक प्रसन्न कुमार झाको उम्मेदवारीले दर्ता गराएपछी क्षेत्रबासी खुशी भएका छ्न।

प्रसिद्ध छाला तथा यौन एवम् सौन्दर्य विशेषज्ञ युवा डाक्टर प्रसन्न कुमार झाले धनुषाको ३ को “क” बाट उम्मेदवारी दर्ता गराएसँगै सो क्षेत्रका वासिन्दाहरु खुशी भएका छन् ।

चिकित्सा पेशाबाट सिधै राजनीतिमा हाम फालेका डा. झाको उम्मेदवारीसँगै सो क्षेत्रका जनताले आफ्नो क्षेत्रको विकास हुने विश्वास लिएका छन् ।

डा.झाले प्रदेश सभामा जनमत पार्टीको तर्फबाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । झाको परिवार नै धनुषाको विकासको लागि सक्रिय छ । युवा अवस्थामै राजनीतिमा आउनुको कारण यसअघि जितेका जनप्रतिनिधिहरुले सो क्षेत्रको विकासको लागि सिन्को पनि नभाँचेकोले गलत परम्परा तोड्नको लागि आफू चुनावी मैदानमा खडा भएको सुनाए ।

उनले आफू कुराभन्दापनि काममा विश्वास गर्ने व्यक्ति भएकोले जनताले जिताएर पठाए सो क्षेत्रको मुहार फेर्ने विश्वास दिलाए ।

विभिन्न विकसित देशको भ्रमण गरिसकेका झाले सो क्षेत्रको विकासको लागि शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका क्षेत्रमा काम गर्ने बताएका छन् । उनको चुनावी घरदैलोमा जनताको उत्साहजनक सहभागिता देखिएको छ ।

सोही क्षेत्रको प्रतिनिधि सभा सदस्यको लागि ई.शम्भुनाथ साहले जनमत पार्टीबाटै उम्मेदवार दिएका हुन।ईन्जिनियर र डाक्टर एक पटक दुबै जनाले एउटै जनमतबाट चुनावी मैदानमा उत्रिएका छ्न।

प्रतिनिधि सभा सदस्यका उम्मेदवार ईन्जिनियर साहले आफुहरुसंग यसक्षेत्रलाई विकास गर्ने खाका रहेकोले जनताले बुझिरहेको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]