२५ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

ई.शम्भुनाथको पहलमा साफीको शव उद्धार

Logo
प्रकाशित शुक्रबार, कार्तिक ०४, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,४ कार्तिक ।धनुषा निर्वाचन क्षेत्र नं.३ का प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार ई.शम्भुनाथ साहको पहलमा वैदेशिक रोजगारको क्रममा साउदीमा दुर्घटनामा परि ज्यान गुमाएका एक जनाको शव उद्धार गरिएको छ।

मधेश प्रदेशका सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका -१ पिपराका झौली साफीको छोरा जिवछ साफीको वैदेशिक रोजगारीको क्रममा साउदी गएका साफिको दुर्घटनामा परि मृत्यु भएका थिए।

उनको पार्थिव शव करिब २ महिनादेखि अलपत्रमा परेका बेला गैर आवासीय मधेशी संघका अन्तरास्ट्रिय अध्यक्षसमेत रहेका उम्मेदवार ई.शम्भुनाथ साहको विशेष पहलमा शव उद्धार गरि नेपाल पठाएको गैर आवासीय मधेशी संघका सदस्य गोपाल मण्डलले जानकारी दिएका हुन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]