२७ पुष २०८२, सोमबार
12-01-2026 , Mon
×

सप्तरी २ मा सीके राउतप्रति जनताको आकर्षण बढ्दै

Logo
प्रकाशित शुक्रबार, कार्तिक ०४, २०७९

राजविराज,४ कार्तिक । सप्तरी निर्वाचन क्षेत्र नं २ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतप्रति जनताको आकर्षण बढिरहेको छ।

अध्यक्ष राउतले सप्तरी निर्वाचन क्षेत्र नं २ बाटै आफ्नो उम्मेदवारी दर्ता गराएपछि सर्वसाधारण जनताको झुकाब जनमत पार्टीतर्फ बढिरहेको स्थानीय रामसागर यादवले बताएका छन् ।

उनले भने, ‘मधेशको मुक्ति उपेन्द्र यादव र राजेन्द्र महतोलगायतका मधेशी नेताहरुले दिलाउन सक्नुभएन। अबको जनताको आखरी भरोसा भनेको जनमत पार्टीका राष्ट्रिय डा सीके राउत नै हुनुहुन्छ ।’

स्थानीय यादवले न्यूजमधेशसंग कुरा गर्दै भने, ‘जनमत पार्टी सुरुदेखीनै भ्रष्टाचारको विरोध गर्दै आइरहेकोले जनमत पार्टी र उहाँको नेतृत्वप्रती जनताको झुकाब बढ्नु सोभाविक हो। अब सप्तरीका जनता सचेत भैसकेको रहेको छ।’

उनले भने, ‘राजविराज नगरपालिकाका जनताले एक पटक ठकाइसकेको छ। स्थानीय तहको निर्वाचनमा जसपाका उम्मेदवारलाई भोट दिनुभयो, हामीपनि दिएका थियौं। तर,त्यसको परिणाम के ? आयो राजविराज नगरपालिकाका मेयरमाथी भ्रष्टाचारको अभियोग लागिसकेको छ। उहाँ निलम्बित हुनुभयो। जनताको काम कसले गर्छ भने ठेगान छैन।’

उनले भने ‘फेरि सप्तरीका जनता ती भुल गर्दैनन्, यसपालि जसले यहाँका युवाहरुको बारेमा सोचिरहेको छ, जनताको पक्षमा ओकालत गर्दै आइरहेको छ।यहाँका किसानको समस्या उठाइरहेको व्यक्तीलाई भोट दिने हो नकि भ्रष्टाचारीहरुलाई। मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा सप्तरी २ बाट सीके राउतले जित्ने हो ।

डा.सीके राउत सप्तरी २ कै माटोमा जन्मेको हुर्केको विश्व चर्चित नेता भएकोले सप्तरी बासीले राउतलाई नै जिताउने स्थानीयबासीहरुले बताएका छन् । उपेन्द्र यादव टुरिष्ट नेता भएकोले अब सप्तरीबासी नठगिने उनले सुनाए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]