२८ माघ २०८२, बुधबार
11-02-2026 , Wed
×

शहीदकी आमाको आर्शिवाद लिदै कमलले गरे चुनावी अभियान सुरु

Logo
प्रकाशित आइतबार, कार्तिक ०६, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,६ कार्तिक ।जनमत पार्टी धनुषा क्षेत्र नम्बर १ का उम्मेदवारहरुले मधेश आन्दोलनका शहीद ब्रहमदेव ठाकुरको आमासँग आर्शिवाद लिएर चुनावी अभियानको थाली गरेका छन् ।

धनुषाको गणेशमान चारनाथ नगरपालिस्थित छघरियास्थित शहीद ठाकुरको घरमा जनमत पार्टीका नेता बीपी साह, जिल्ला इन्चार्ज संजय साह, प्रतिनिधिसभा सदस्यका उम्मेदवार किशोरी साह कमल, प्रदेश (क)का उम्मेदवार ब्रहमदेव महतो, प्रदेश (ख)का उम्मेदवार एवं प्रथम मधेश आन्दोलनका घाइते सुरेन्द्र मण्डलसहितका नेताहरु पुगेका थिए ।

शहीद ठाकुरकी आमा मलिनियाँ देवी बडहीले डा.सीके राउत नेतृत्वको जनमत पार्टी विजयी हुने आर्शिवाद दिइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]