०९ चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

उम्मेदवार ई.साहको विशेष पहलमा गैर आवासीय मधेशी संघले गरे दुई जनाको शव उद्धार

Logo
प्रकाशित सोमबार, कार्तिक ०७, २०७९

न्यूजमधेश डेस्क
राजविराज ,७ कार्तिक ।डा.सीके राउत नेतृत्वको जनमत पार्टीका विदेश विभाग संगठन गैर आवासीय मधेशी संघले कतारबाट दुई जनको शव उद्धार गर्नुभएको छ।

वैदेशिक रोजगारमा कतारको (QBC) कम्पनीमा कार्यरत धनुषाको नगराइन नगरपालिका -८ खिरखिरियाका ३८ वर्षीय सिदेश्वर मण्डल र सिरहाको नरहा गाउँपालिका -४ बलुवाको रामकुमार सादाको शव गैर आवासीय मधेशी संघ कतारले उद्घार गर्नुभएका हुन।

उनी दुबै जनाको शव एनआरएमएका कतारका कार्यबाहक अध्यक्ष जितेन्द्र कुमार यादव ,संघका महासचिव राम सुबान यादव ,सह कोषाध्यक्ष नन्द कुमार ठाकुर र प्रेस जनमत संघ अन्तर्राष्ट्रिय समिति सदस्य बिनोद कुमार यादवको सहयोगमा उद्धार गर्नुभएको हो।

त्यसैगरी संघका कतार सचीव ई.प्रमुद ठाकुर ,केन्द्रिय कोडिनेटर राजु यादव ,ग्रेन्ड मल टिमका अध्यक्ष जितनारायन यादव ,सदस्य अमोद यादव र कतारका सदस्य बलिराम यादवलगाइतका संघका पदाधिकारीहरुको सहयोगमा शव उद्धार गर्नुभएको हो।

मण्डल र सादाको शव उद्धारमा गैर आवासीय मधेशी संघ अन्तर्राष्ट्रिय समिती अध्यक्षसमेत रहेका धनुषा निर्वाचन क्षेत्र नं.३ का प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार ई.शम्भुनाथ साहको विशेष पहल रहेको संघका कतारको कार्यबाहक अध्यक्ष जितेन्द्र कुमार यादवले बताउनुभयो ।

कार्यबाहक अध्यक्ष यादवका अनुसार मण्डल र सादाको शव कतारबाट उद्धार गरि उहाँहरुको परिवारजनलाई बझाएको बताउनुभएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]