२९ आषाढ २०८३, मंगलबार
14-07-2026 , Tue
×

सप्तरी २(क ) प्रदेशसभामा त्रिपक्षीय प्रतिस्पर्धा

Logo
प्रकाशित बुधबार, कार्तिक ०९, २०७९

देवराम प्रसाद यादव
सप्तरी ,९ कार्तिक । सप्तरी क्षेत्र नं. २ को प्रदेश सभा (क) मा मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, जनमत पार्टीका युवा नेता सतिशकुमार सिंह र लोसपाका युवा नेता सरोजकुमार मण्डलबीच त्रिपक्षीय प्रतिस्पर्धा हुनेभएको छ ।

मन्त्री साह जसपा–एमाले गठबन्धनबाट, सतिश सिंह जनमत पार्टीबाट तथा सरोज मण्डल सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिनुभएको छ ।

त्यस्तै, यस क्षेत्रबाट नेमकिपाका विनादेवी यादव, नेपाली कांग्रेस (बीपी) का रामनारायण राय, हाम्रो नेपाल पार्टीका कन्हैयाकुमार ठाकुर, जनता प्रगतिशील पार्टीका सत्यनारायण मुखिया, राप्रपा नेपालका कालीचरण राय, राप्रपाका जयनारायण मण्डल पनि चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

यस्तै स्वतन्त्रतर्फ चन्द्रकला सिंह, पुनिताकुमारी ठाकुर, कामेश्वर मण्डल, रजत सिंह, रुपेश मण्डल, गिरिधर मण्डल र धीरेन्द्रकुमार साह पनि चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

यस क्षेत्रमा कुल ४९ हजार ९ सय १८ मतदाता छन् । यहाँ ३८ वटा मतदान स्थल र ६४ वटा मतदान केन्द्र रहेको छ । यस क्षेत्रमा तिलाठी कोइलाडी र छिन्नमस्ता गाउँपालिका तथा महादेवा गाउँपालिकाको ४ वटा वडा छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]