०८ बैशाख २०८३, बुधबार
22-04-2026 , Wed
×

महाेत्तरीकाे भंगहामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

Logo
प्रकाशित बिहिबार, कार्तिक १०, २०७९

न्यूजमधेश डेस्क
महाेत्तरी ,१० कार्तिक। महोत्तरीको भंगहा नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ ।

आज बिहीवार बिहानैदेखि हिन्दु सेना सम्राटका कार्यकर्ता बताउने समूह र मुस्लिम समुदायबीच दिनभरजस्तै झडप हुँदा दिउँसो ४ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यु जारी गरिएको महोत्तरीका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्देश्वर यादवले जानकारी दिनुभयो ।

आज बिहान झन्डै १० बजेतिर हिन्दु सेना सम्राटले मार्च पास निकालेका थिए । त्यसै क्रममा वडा नम्बर ८ पररियामा दुवै समूहबीच झडप भएको थियो । दुवैतर्फबाट भएको ढुंगामुढाको क्रममा सुरक्षाकर्मीसमेत गरी झन्डै १२ जना घाइते भएका छन् । घाइतेहरूको अवस्था सामान्य छ । अवस्था तनावग्रस्त भएपछि प्रहरीले ३२ राउन्ड बढी हवाई फायर गरेकाे थियो ।

अहिले भने अवस्था सामान्य रहेको छ । शान्त भएको विवाद राती बढ्न सक्ने आशङ्कामा त्यस क्षेत्रमा आज बिहीवार दिउँसाे ४ बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]