१२ फाल्गुण २०८२, बुधबार
25-02-2026 , Wed
×

छठका लागि जनकपुरधाममा यसरी सिँगारियो पोखरी

Logo
प्रकाशित आइतबार, कार्तिक १३, २०७९

कमलेश ठाकुर
जनकपुरधाम ,१३ कार्तिक। छठ पर्वको तेस्रो दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै छ । यस दिन श्रद्धालुहरू छठ घाटमा पुगी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने गर्छन् ।

छठ पर्व चार दिन मनाइन्छ । तेस्रो दिनलाई मुख्य दिन मानिन्छ । सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो वर्षको छठ पर्व विधिवत् रूपमा सम्पन्न हुनेछ ।

सिँगारियो पोखरी
छठका लागि जनकपुरधामका गंगा सागर, अरगजा सागर, दशरथ तलाउ, गोरधोइ पोखरी, नोचा पोखरी, रतन सागर, गोसाइकुण्डलगायत दर्जनौँ पोखरीहरू सिँगारिएको छ । पण्डाल र विद्युतीय बत्तीले सजाइएको छ ।

जनकपुरधाममा पछिल्ला केही वर्षदेखि छठघाटमा ठाउँ अभाव हुन थालेको छ । ठाउँ नपाउने चिन्ताले श्रद्धालुहरू एक दिनअगावै छठघाटमा पुग्ने गरेका छन् । गंगा सागर अधिकांश श्रद्धालुको रोजाइमा परेको देखिन्छ ।

तीन करोडको केरा भित्रियो
छठ पर्वका लागि जनकपुरधाममा तीन करोड रुपैयाँबराबरको केरा भित्रिएको छ।सूर्यदेवलाई अर्घ्य चढाउन तीन करोड मूल्यबराबरको केरा मगाइएको जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विषेश्वर यादवले जानकारी दिए।

उनका अनुसार अघिल्लो वर्ष दुई करोड बढीको केरा जनकपुरधाममा भित्र्याइएको थियो ।

यो वर्ष झन्डै ६० ट्रक केरा जनकपुरधाममा ल्याइएको छ । जनकपुरधाममा सबैभन्दा बढी सप्तरी र सुनसरीबाट केरा भित्र्याइएको छ । केही मात्रामा चितवन र भारतबाट पनि केरा मगाइएको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]