१६ बैशाख २०८१, आइतबार
28-04-2024 , Sun
×

छठका लागि जनकपुरधाममा यसरी सिँगारियो पोखरी

Logo
प्रकाशित आइतबार, कार्तिक १३, २०७९

कमलेश ठाकुर
जनकपुरधाम ,१३ कार्तिक। छठ पर्वको तेस्रो दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै छ । यस दिन श्रद्धालुहरू छठ घाटमा पुगी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने गर्छन् ।

छठ पर्व चार दिन मनाइन्छ । तेस्रो दिनलाई मुख्य दिन मानिन्छ । सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो वर्षको छठ पर्व विधिवत् रूपमा सम्पन्न हुनेछ ।

सिँगारियो पोखरी
छठका लागि जनकपुरधामका गंगा सागर, अरगजा सागर, दशरथ तलाउ, गोरधोइ पोखरी, नोचा पोखरी, रतन सागर, गोसाइकुण्डलगायत दर्जनौँ पोखरीहरू सिँगारिएको छ । पण्डाल र विद्युतीय बत्तीले सजाइएको छ ।

जनकपुरधाममा पछिल्ला केही वर्षदेखि छठघाटमा ठाउँ अभाव हुन थालेको छ । ठाउँ नपाउने चिन्ताले श्रद्धालुहरू एक दिनअगावै छठघाटमा पुग्ने गरेका छन् । गंगा सागर अधिकांश श्रद्धालुको रोजाइमा परेको देखिन्छ ।

तीन करोडको केरा भित्रियो
छठ पर्वका लागि जनकपुरधाममा तीन करोड रुपैयाँबराबरको केरा भित्रिएको छ।सूर्यदेवलाई अर्घ्य चढाउन तीन करोड मूल्यबराबरको केरा मगाइएको जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विषेश्वर यादवले जानकारी दिए।

उनका अनुसार अघिल्लो वर्ष दुई करोड बढीको केरा जनकपुरधाममा भित्र्याइएको थियो ।

यो वर्ष झन्डै ६० ट्रक केरा जनकपुरधाममा ल्याइएको छ । जनकपुरधाममा सबैभन्दा बढी सप्तरी र सुनसरीबाट केरा भित्र्याइएको छ । केही मात्रामा चितवन र भारतबाट पनि केरा मगाइएको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

जनकपुरधाम । नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै धनुषासहित देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । आफ्नो ५५ औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो । सो क्रममा धनुषाको कमला नगरपालिकामा नेविसंघका केन्द्रीय सदस्य […]

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन डाकिएको मधेश प्रदेशसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच चर्काचर्की भएको छ । सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठक सुरु गरेलगत्तै जनमत पार्टीका सांसदहरुले उठेर विरोध जनाए । सो क्रममा एमालेका सांसद दीपेन्द्र ठाकुर र जनमतका सांसद चन्दन सिंहबीच चर्काचर्की भएको हो । जनमतका सांसद सिंहले माघ ८ […]