१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

निर्वाचन आयोगले सोध्यो उमेदवार जुलीलाई स्पष्टीकरण

Logo
प्रकाशित आइतबार, कार्तिक १३, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१३ कार्तिक । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार रहेकी नेकपा (एमाले)की नेत्री जुलीकुमारी महतो (महासेठ)लाई स्पष्टीकरण सोधेको छ ।

२४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा वा जिल्ला निर्वाचन कार्यालय धनुषामा प्राप्त हुने गरी स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ । तस्बिरसहितको फ्लेक्स अटो रिक्साको पछाडि राखी सूर्य चिह्नमा मत मागेका कारण स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

निर्वाचन आचारसंहितामा ‘उमेदवार वा दलले आफ्नो कार्यालयबाहेकका स्थानमा दलको झन्डा, दल वा उमेदवारको चुनाव चिह्न, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा उमेदवारको चुनाव चिह्न, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइन बोर्ड राख्न तथा श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्रीहरू प्रदर्शन गर्न नहुने’ व्यवस्था छ ।

यस्तै, ‘कुनै किसिमको भित्तेलेखन गर्न वा गराउन, चारपांग्रे गाडी, मोटरसाइकल, साइकल, बयलगाडा, रिक्सा, टाँगा, ठेलागाडालगायत सबै प्रकारका सवारीसाधन प्रयोग गरी ¥याली आयोजना गर्न वा प्रचारप्रसार गराउन नहुने’ व्यवस्था छ ।

स्पष्टीकरणपत्रमा उल्लेख छ, “तपाईंले निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को उपदफा १ को खण्ड (ड) को प्रतिकूल हुने गरी निर्वाचन प्रचारप्रसार गर्नुभएको होइन भन्ने आधार, प्रमाण के छ ? निर्वाचनका प्रक्रियाहरू अगाडि बढिसकेको तथा निर्वाचन आचारसंहिता लागु भइसकेको अवस्थामा तपाईंले किन जानाजान रूपमा निर्वाचन आचारसंहिताको उल्लंघन हुने कार्य गर्नुभएको हो ?”

स्पष्टीकरणमा सोधिएको छ, “आयोगले यसपूर्व नै दल तथा सम्बद्ध पक्षलाई साठीबुँदे निर्देशन दिइसकेको अवस्थामा तपाईंले पनि उक्त विषयको जानकारी हुँदाहुँदै पनि निर्वाचन आचारसंहिताको उल्लंघनमा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिमको कारबाही किन हुनु नपर्ने हो ?”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]