२३ चैत्र २०८२, मंगलबार
07-04-2026 , Tue
×

चलचित्र बोर्डका सदस्य पुष्पा जसपाको पक्षमा खुलेरै मत माग्दै

Logo
प्रकाशित बुधबार, कार्तिक १६, २०७९

जनकपुरधाम, १६ कार्तिक । निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न आवश्यक भएकोले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरि निर्वाचन आयोगले ‘निर्वाचन आचारसंहिता २०७९’ जारी गरेको छ ।

मधेस प्रदेश सरकारले स्वतन्त्र तथा नियमनकारी भूमिका निर्वाह गर्न चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डको परिकल्पना गरेको अवस्थामा मधेस प्रदेशमा भने बोर्डकै एक सदस्य दल तथा उम्मेदवार विशेषको प्रचारप्रसार गरिरहेका छन् ।

चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डका सदस्य पुष्पा यादवले धनुषा निर्वाचन क्षेत्र नम्बर–४ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार महाजन यादव र ४(क)को प्रदेशसभा सदस्य पदका उम्मेदवार ज्ञानेन्द्रकुमार यादवको पक्षमा खुलेरै मत मागिरहेकी छन् ।

सदस्य यादव उम्मेदवार यादवद्वयको पक्षमा मत माग्न घरदैलोमासमेत पुग्ने गरेकी छन् । साथै उनले आफ्नो फेसबुकमा पनि जनता समाजवादी पार्टी नेपालको तर्फबाट प्रदेशसभा सदस्य पदको उम्मेदवार ज्ञानेन्द्रका लागि मत मागिरहेकी छन् ।-टुडे आवाज

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]