१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

सीके राउतले भने–भ्रष्टाचार जरैबाट उखेलौँ

Logo
प्रकाशित शनिबार, कार्तिक १९, २०७९

न्यूजमधेश डेस्क
विराटनगर, १९ कात्तिक । जनमत पार्टीका केन्द्रीय अध्यक्ष सीके राउतले मुलुकको विकासका लागि भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नुपर्ने बताएका छन् ।

विराटनगर–६ स्थित रामपुरमा शुक्रबार आयोजित सभालाई सम्वोधन गर्दै उनले पार्टी उम्मेदवारलाई निर्वाचन बिजयी गराई मुलुकमा रहेको भष्टाचारको जरो उखेल्ने कार्यमा सहयोग पु¥याउन आग्रह गरे ।

उनले सङ्घीयता स्वायत्ताका साथ लागु भएमा सुकुम्वासीका समस्या समाधान हुने धारणा राख्दै किसान, मजदुरको हक अधिकारीका लागि लड्ने यो पार्टीका उम्मेदवारलाई बिजयी बनाई नीति निर्माण तह पु¥याउनु पर्नेमा जोड दिए ।

अध्यक्ष राउतले जनता राज कायम गर्न,युवाहरुलाई वैदेशिक हैन स्वदेशमै घरघरमा रोजगारी र मुलुकमा चमत्कार किसिमले विकासको पूर्वाधार निर्माण गर्ने प्रतिवद्धता व्यक्त्त गर्दै अन्यलाई धेरै पटक मौका दिएपनि यस पटक आफ्ना उम्मेदवारहरुलाई बिजयी गराउन आग्रह गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]