०४ भाद्र २०८२, बिहिबार
21-08-2025 , Thu
×

जसपा र लोसपाका दर्जनौं नेताकार्यकर्ता जनमतमा प्रवेश

Logo
प्रकाशित शनिबार, कार्तिक १९, २०७९

न्यूजमधेश डेस्क
राजविराज ,१९ कार्तिक ।डा.सीके राउत नेतृत्वको जनमत पार्टीमा विभिन्न पार्टी परित्याग गरि दर्जनौं नेताकार्यकर्ताहरु प्रवेश गरेका छ्न।

रुपन्देहीमा शनिबार एक कार्यक्रम बिच जनता समाजवादी पार्टी नेपाल ,लोकतान्त्रिक समाजवादी पार्टी नेपाललगाइत विभिन्न पार्टी परित्याग गर्दै दर्जनौं नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का लुम्बिनी प्रदेशका कार्यकारिणी सदस्य अनिल अहमद खां, नेता अजिज खां, जनता समाजवादी पार्टी नेपालका नेता बेचई मल्लाहसहित विभिन्न पार्टीका दर्जनौ नेता कार्यकर्ताहरु प्रवेश गरे।पार्टी प्रवेश गर्नेहरुलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले अबिर र खादा लगाएर पार्टीमा स्वागत गरिएको छ।

सो कार्यक्रममा जनमत पार्टी केन्द्रिय सचीव भोपेन्द्र प्रसाद यादवलगाइतका उम्मेदवारहरुको उपस्थितमा पार्टी प्रवेश गरेको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]