०४ कार्तिक २०८२, मंगलबार
21-10-2025 , Tue
×

डा राउत नेतृत्व पार्टीको समिती गठन

Logo
प्रकाशित बुधबार, भाद्र ०४, २०७६

सर्लाही । डा सीके राउत नेतृत्वको जनमत पार्टी सर्लाहीले वलरा नगरपालिकामा समिति गठन गरेको छ।

पार्टीले सर्लाही जिल्लाको वलरा नगरपालिका वडा नं.५ अर्नाहा टोलमा सत्य नारायण सिंह कुशवाहाको अध्यक्षतामा २५ सदस्यीय वडा स्तरीय जनपरिचालन समिति गठन गरिएको केन्द्रिय सदस्य नरेश प्रसाद कुशवाहाले जनकारी दिए।

कुशवाहाका अनुसार उक्त वडामा सुकुन्तला देवि महतो समितिको अध्यक्ष रहने गरि ३० सदस्यीय महिला जनपरिचालन समित पनि गठन भएको उहाले बताए ।

कार्यक्रममा जनमत पार्टीका केन्द्रिय सदस्य नरेश प्रसाद कुशवाहा ,संजय कुमार सिंह,रविन्द्र साह,नरेन्द्र कुमार सिंहको उपस्तिथि रहेको थियो।

त्यसैगरी जनमत पार्टी सर्लाहीका नेता उपेन्द्र राउत,मधुरेन्द्र कुमार राउत र सरोज कुमार सिंहलगाइतको उपस्थितिमा समिति गठन भएको पार्टीका केन्द्रिय सदस्य नरेश प्रसाद कुशवाहाले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]