१३ आषाढ २०८२, शनिबार
28-06-2025 , Sat
×

निर्वाचन आचार संहिताको धज्जी उडाउँदै डा. रञ्जित झा

Logo
प्रकाशित शनिबार, कार्तिक १९, २०७९

न्यूजमधेश डेस्क
राजबिराज,१९ कार्तिक । सप्तरीमा उपेन्द्र यादवलाई चुनाव जिताउन डा.रञ्जित कुमार झा सक्रिय भएर लागेका छन् ।

निर्वाचन आचार संहितालाई धज्जी उडाउँदै रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यकारी निर्देशक डा. रञ्जित कुमार झा अहिले सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका जसपा अध्यक्ष उपेन्द्र यादवको प्रचार–प्रसारमा सक्रिय भएर लागेका हुन् ।

गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका निमित्त मेडिकल सुप्रिटेण्डेन्ट रहि सकेका झा निर्वाचन आचार संहिता विपरित आफ्नो मर्यादाको ख्याल नगरी अध्यक्ष यादवको पक्षमा जनमत बनाउन खुल्लेआम लागेको फेसबुकमा सार्वजनिक भएको भिडियो बाट देखिएको छ ।

उपेन्द्र यादवको फेसबुक एकाउण्टमा पोष्ट गरिएको भिडियोमा डा. झाले जसपाका नेता कार्यकर्ता माझ प्रशिक्षण दिए जस्तै यादवको काम बारे प्रवचन दिएका छन् । ‘यदि कसैले उपेन्द्रबाबुले केही गरेको छैन् भने म भन्न चाहन्छु, आँखा छ उ देख्न चाहन्न कान छ उ सुन्न चाहन्न’ डा. झाले भनेका छन् । झाले बोलेको भिडियोमा जसपाको चुनाव चिन्ह र झण्डा समेत अंकित गरिएको छ ।

गजेन्द्रनारायण सिंह अस्पाताल राजविराज भित्र रहेका विभिन्न ल्याव र उपकारणको दुश्य राखिएको ५ मिनेट १६ सेकेण्डको सो भिडियोमा डा. झाले अस्पतालमा ल्याइएको यी सबै उपकरण यादवले नै ल्याएर दिएको र उनकै बलमा यो अस्पतालले कायापलट गरेको सहभागीहरुलाई बुझाउन खोजेका हुन् । ‘यो नस्वीकारनु सप्तरीबासीको लागी दुर्भाग्य हो’ झाको भनाई छ ।

डा.झाको आफ्नै दिदी रञ्जु ठाकुर जसपाबाट प्रतिनिधि सभा सदस्यका समानुपातिक उम्मेदवार हुन् । पोष्ट गरिएको भिडियोमा जसपा अध्यक्ष यादव, प्रवक्ता मनिष सुमन, रञ्जु ठाकुर लागायत सैर्यौ जनाको उपस्थिति रहेको छ ।

यसरी नेपाल सरकारको तलव खाने डा.झाले उपेन्द्र यादवको सामाजिक सञ्जाल एकाउण्ट मार्फत आम मतदातालाई गजेन्द्रनारायण सिंह अस्पतालको नायकको रुपमा एउटा उम्मेदवारलाई प्रस्तुत गर्नु निर्वाचन आचार संहिताको धज्जी उडाउनु हो ।

सप्तरीमा निर्वाचन आचार संहिताको धज्जी उडाउने काम सरकारी निकायका कर्मचारीहरुबाट व्यापक रुपमा हुँदै आएको छ । यसअघि राजविराज नगरपालिकाका अधिकृत मनोज कुमार यादवले खुल्लेआम उपेन्द्र यादवको प्रचारमा लागेपछि उनलाई आयोगले २४ घण्टे स्पष्टिकरण सोधेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]