२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

आचारसंहिता विपरीत भोट माग्दै वडाध्यक्ष यादव

Logo
प्रकाशित आइतबार, कार्तिक २०, २०७९

न्यूजमधेश डेस्क
सिरहा ,२० कार्तिक। स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीलेहरुले कुनै पनि राजनीतिक दल वा उम्मेदवारका पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन नहुने कुरा निर्वाचन आचारसंहितामा उल्लेख छ ।

तर, निर्वाचनको सरगर्मी बढेसँगै स्थानीय सरकार जनप्रतिनिधिहरू खुलेर उम्मेदवारको पक्षमा प्रचारप्रसारसँगै भेला सभा र मतदाताका घरघरमा भोट माग्न पुगिरहेका छन् ।

साझा पद धारण गरेका व्यक्तिहरुले खुलेर प्रचारप्रसार तथा भोट माग्न गाउँ गाउँ जाँदा निर्वाचन आचारसंहिताको नै धज्जी उडिरहेको नेपाली कांग्रेसबाट सिरहाको बरियारपट्टी गाउँपालिका ४ का वडाध्यक्ष नविन कुमार यादवले घरदैलो कार्यक्रममा जनताको घरघर पुगेर भोट मान्दै घुमिरहेको छ ।

वडाध्यक्ष यादवले सिरहा क्षेत्र नं . २ मा कांग्रेसकी उम्मेदवार चित्रलेखा यादवसंगै घरदैलो कार्यक्रममा घुमिरहेको स्थानीयवासीले बताउँछन् ।निर्वाचनको रौनकसँगै स्थानीय सरकारका वडाध्यक्षहरु खुलेर पार्टीको प्रचारप्रसारमा गर्दै हिँडिरहेका छन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं। सत्तारुढ दल जनता समाजवादी पार्टी नेपाल(जसपा) फुटेको छ । आइतबार अशोक राईको नेतृत्वमा जसपा नाम राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ । संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने ७ सांसदहरु राईसहित नवलकिशोर साह सुडी, रन्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव र हसिना खानले पार्टी विभाजन गरेका हुन्। साथै उनीहरुसँग २९ […]

काठमाडौं । संघीय वन तथा वातावरणमन्त्री नवल किशोर साह सुडीले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सत्ता गठबन्धन नै ढाल्ने कोसिस गरेपछि आफूहरुले नयाँ पार्टी नै गठन गरेको दाबी गरेका छन् । आइतबार निर्वाचन आयोगमा दल दर्ताका लागि पुगेका बहालवाला मन्त्री साहले सरकारको स्थायित्वका लागि आफूहरुले यस्तो कदम चालेको बताए । ‘अध्यक्ष यो सरकारको स्थायित्वको […]

काठमाडौं।सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) विभाजित भएको छ। जसपाका कार्यकारी अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमणमा रहेका बेला अर्का संघीय परिषदका अध्यक्ष अशोक राईले अलग दल गठन गनै लागेका हुन्। स्रोतका अनुसार राईको नेतृत्वमा गठन हुने नयाँ दलमा पार्टीका १२ सांसद मध्ये ७ जना सहभागी हुने भएका छन्। राईको पक्षमा वनमन्त्री समेत रहेका नवलकिशोर साह, शुशिला श्रेष्ठ, […]