२८ माघ २०८२, बुधबार
11-02-2026 , Wed
×

जनमत पार्टीलाई जिताए विकास गरेर देखाउछौँः डा. राउत

Logo
प्रकाशित सोमबार, कार्तिक २१, २०७९

न्यूजमधेश डेस्क
कपिलवस्तु ,२१ कार्तिक । जनमत पार्टीका अध्यक्ष सीके राउतले यस पटकको निर्वाचनमा जनमत पार्टीलाई जिताए विकास गर्ने बताएका छन् ।

कपिलवस्तुको रुद्रपुरमा आइतबार आयोजित चुनावी सभामा अध्यक्ष राउतले मङ्सिर ४ गतेपछि देशमा नयाँ आयाम आउने बताए ।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र मधेसवादी दलले नागरिकलाई गुमराहमा पारी मत लिएको तर विकास नगरेकाले जनमत पार्टीलाई मतदान गर्न राउतले आग्रह गरे।

पटकपटक नेतृत्व गरेका नेता असफल भएको उहाँले बताउनुभयो । उनले भने, “यहाँ लामो समय राणाले, राजा रजौटाले, राजनीतिक दलले शासन गरे तर आजसम्म जनता अधिकार र आधारभूत सेवा सुविधाबाट वञ्चित छन् ।” जनमत पार्टी विकासको एजेण्डासहित अघि आएको उनको भनाइ थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]