१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

किशोरी साहलाई जिताउन एमालेका दर्जनौं नेता जनमतमा प्रवेश

Logo
प्रकाशित शुक्रबार, कार्तिक २५, २०७९

जनकपुरधाम,२५ कार्तिक ।धनुषा क्षेत्र नं.१ का प्रतिनिधि सभा सदस्यको उम्मेदवार किशोरी साह कमललाई जिताउनको लागि नेकपा एमालेका दर्जनौं नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छ्न।

बिहीबार सबैला नगरपालिका -१० स्थित गरेवाहीमा घरदैलोको क्रममा नेकपा एमालेका दर्जनौं नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन।

प्रवेश गर्नेमा नेकपा एमालेका नेता रामदयाल यादव,प्रमोद यादव,निरज यादव सुरेन्द्र राय र रामएकवाल यादवसहित दर्जनौं नेताकार्यकर्ताहरुलाई उम्मेदवार कमलले जनमत पार्टीमा प्रवेश गराएको हो।

नवप्रवेशीहरुलाई जनमत पार्टीकी केन्द्रिय सचीव अनिता साह र यसै क्षेत्रका प्रतिनिधि सभा सदस्यको उम्मेदवार किशोरी साह कमलले संयुक्त रुपमा फुलमाला लगाएर पार्टीमा स्वागत गरिएको छ।

उम्मेदवार साहप्रती दिनप्रतिदिन क्रेज बढिरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]