१८ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
×

महोत्तरीका नापी सर्वेक्षक यादव घुससहित पक्राउ

Logo
प्रकाशित बिहिबार, भाद्र ०५, २०७६

शैलेन्द्र महतो,जनकपुरधाम : जिल्ला अदालत महोत्तरीका नापी सर्वेक्षक १ लाख ५० हजार रुपैयाँ घुस सहित रंगेहात पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला अदालत महोत्तरीका नापी सर्वेक्षक मोहन यादव रहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलीले बुधबार साँझ जलेश्वर नगरपालिका–२, खैराचोकबाट घुस रकम सहित रंगेहात पक्राउ गरेको जनाएको छ ।

सर्वेक्षक यादवले घर नक्सा अनुसार नभएको भनि विभिन्न बहाना बनाई मुद्दा मिलाई दिन्छु भनि एक सेवाग्राहीबाट १ लाख ५० हजार घुस लिर्दै गरेको अवस्थामा अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको जनाएको छ ।

उनले घुस मागेपछि सेवाग्राहीले अख्तियारमा जानकारी गराएका थिए । सोहि अनुसार खटेको अख्तियारको टोलीले सर्वेक्षक यादवलाई घुस सहित पक्रेको हो । यादवमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]