०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

निर्वाचन आचार संहिताको धज्जी उडाउँदै जसपाका उम्मेदवार

Logo
प्रकाशित मंगलबार, कार्तिक २९, २०७९

जनकपुरधाम,२९ कार्तिक ।धनुषा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवारहरुले निर्वाचन आचार संहिताको धज्जी उडाएका छन् ।

क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार आनन्द यादव ( गंगाराम ) र सोही क्षेत्रबाट प्रदेश सभा (ख) का उम्मेदवार राम आशिष यादवले आचार संहिताको धज्जी उडाएका हुन् ।

प्रचार-प्रसारका लागि प्रयोग गरिएको ट्योटा गाडी माथि फुटबल जस्तै गोलाकार देखिने ठूलो आकारको आकृतीमा जसपा नेपाल र झण्डा अंकित गरेर तल नारा लेखि गाडी गाउँ गाउँमा घुमाई राखेका छन् ।

निर्वाचन आचार पुर्णरुपमा पालना गर्ने प्रतिवद्धता जनाएका दल र उम्मेदवारहरुले यसरी आचार संहिताको धज्जी उडाई रहेको भएपनि निर्वाचन आयोग भने मौन बसेको देखिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]